एमालेले शनिबार बुटवलमा जनसभा गर्दै, तयारी तीव्र

बुटवल । नेकपा एमालेले प्रतिगामी षडयन्त्रविरुद्ध जनपरिचालन कार्यक्रम अन्तर्गत् आउँदो शनिबार अर्थात् कार्तिक २९ गते मुलुकभर जिल्लास्तरीय जनसभा गर्दै छ । प्रतिगामी षडयन्त्रविरुद्ध देशभर जनपरिचालन गर्ने केन्द्रीय निर्णय अनुसार मुलुकभर एकसाथ जनसभा आयोजना गरिएको हो । यसअघि पार्टीले कार्तिक २५ गते मुलुकभरका ७५३ पालिकामा जनप्रदर्शन गरेको थियो । भदौ २३ र २४ गतेपछि विकसित राजनीतिक घटनाक्रम, प्रतिगामी षड्यन्त्र, संसदको गैरसंवैधानिक विघटन, तोडफोड, आगजनी र लुटपाटमा संग्लनलाई कारवाहीको माग गर्दै जनसभा आयोजना गरिएको एमालेले जनाएको छ । रुपन्देहीको सन्दर्भमा शनिबार बुटवलमा जनसभा हुने पार्टी जिल्ला अध्यक्ष यज्ञ गैरेले जानकारी दिनुभयो । शनिबारको जनसभा तथा जनप्रदर्शन लोकतन्त्रको पक्ष र प्रतिगामी षडयन्त्रका विरुद्धमा आयोजना गरिएकोले कार्यक्रममा सबैलाई सहभागी हुन अध्यक्ष गैरेको आग्रह छ । जनसभा अघि युवाहरूले राजमार्ग चौराहाबाट ट्राफिक चोक सम्म मार्च पास गर्ने एमालेले जनाएको छ । पार्टी जिल्ला प्रचार विभाग प्रमुख मिनप्रसाद पौडेलले एमालेले यस पटकको प्रदर्शनलाई जागरण अभियानको रूपमा अघि बढाएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.