सामुहिक विकास साकोसको ३१ औं साधारण सभा सम्पन्न: पार्थमणी आचार्यको अध्यक्षतामा नयाँ नेतृत्व चयन ​

 

शंकरनगर, ५ पौष २०८२

​तिलोत्तमा-३ मा अवस्थित सामुहिक विकास बचत तथा ऋण सहकारी संस्था लि. को ३१ औं वार्षिक साधारण सभा तथा निर्वाचन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। संस्थाका अध्यक्ष श्री सुरेन्द्र कुमार बर्माको अध्यक्षतामा सम्पन्न उक्त सभामा लुम्बिनी प्रदेश सभा सदस्य एवं पूर्व मुख्यमन्त्री श्री लिला गिरी प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा सस्थापक अध्यक्ष श्री माधव प्रसाद पाठक, सदस्यको तर्फबाट लक्ष्मी पौडेल लगायेतले शुभकामना दिनुभयेको थियो भने प्रमुख अतिथी मा. गिरिज्युले नवनिर्बाचित समितिलाइ सामान्य अवस्थामा भन्दा पनि बढी खटियेर सकारात्मक परिणाम निकाल्न दत्तचित्त भयेर लाग्नका लागि शुभकामना दिनुभएको थियो । यसैगरी प्रस्तुत भयेका प्रतिबेदन उपर सदस्यहरुको तर्फबाट सकृय रुपमा जिज्ञासा तथा सुझाबहरु राख्नु भयेको थियो । ​कुल १२,३५० जना शेयर सदस्य रहेको यस संस्थाको वासलात ३ अर्ब ५९ करोड रहेको यो सहकारी सुशासनको हिसाबले समेत उत्कृष्ट सहकारिको रुपमा परिचित छ । ​प्रतिवेदन पारित: सभाले सस्थाका अध्यक्ष श्री सुरेन्द्र कुमार बर्माद्वारा प्रस्तुत अध्यक्षको प्रतिबेदन, सस्थाका सचिव श्री मीन प्रसाद पोख्रेलद्वारा प्रस्तुत सचिवको प्रतिबेदन, कोषाध्यक्ष श्री पार्थमणी आचार्यद्वारा प्रस्तुत आर्थिक प्रतिबेदन र लेखा सुपरिवेक्षण समितिका सदस्य श्री शारदा भण्डारिद्वारा प्रस्तुत लेखा सुपरिबेक्षण समितीको वार्षिक प्रतिवेदनहरू सर्वसम्मत रूपमा स्वीकृत गरेको छ। ​अनुशासित र मितव्ययी सभा: राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन पालना गर्दै यस पटक बाह्य अतिथिका लामा शुभकामना मन्तव्य, पुरस्कार तथा सम्मानका कार्यक्रमहरू हटाइएको थियो। सभालाई केवल संस्थाको मुख्य एजेन्डा र नीतिगत विषयमा केन्द्रित गरी मितव्ययी र सदस्य केन्द्रित साधारण सभाको रुपमा बनाइएको थियो। ​नयाँ कार्यसमिति चयन ​निर्वाचन उपसमितिका संयोजक श्री चुडामणी खरेल, सदस्य डा. दामोदर भुसाल र कानुनी सल्लाहकार अधिवक्ता श्री खुमकान्त पौडेलको सहजीकरणमा आगामी ४ बर्षे कार्यकालका लागि नयाँ नेतृत्व निर्विरोध निर्वाचित भएको छ: ​१. संचालक समिति: ​अध्यक्ष: श्री पार्थमणी आचार्य ​उपाध्यक्ष: श्री भुमिलाल सापकोटा ​सचिव: श्री रेनुका खरेल ​कोषाध्यक्ष: श्री बिष्णुहरी पन्थी ​सदस्यहरू: श्री शारदा भण्डारी, श्री सरिता बस्याल, श्री देव प्रसाद गुरुङ, श्री भिमलाल पाण्डे र श्री रुक्मागत पाण्डे। ​२. लेखा सुपरिवेक्षण समिति: ​संयोजक: श्री रघुनाथ ढकाल ​सदस्यहरू: श्री बाबुराम ज्ञवाली र श्री सृजना शर्मा आचार्य। ​नवनिर्वाचित अध्यक्ष श्री पार्थमणी आचार्यले संस्थाको पारदर्शिता र सदस्यहरूको हितलाई सर्वोपरी राख्दै संस्थालाई अझै उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.