रूपन्देही डेरी व्यवसायी समितिको १७औँ वार्षिक साधारण सभा सम्पन्नः गुणस्तर र बजार व्यवस्थापनमा जोड
बुटवल – दुग्ध व्यवसायको हकहितका लागि कार्यरत रूपन्देही डेरी व्यवसायी समितिको १७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । समितिका अध्यक्ष विष्णु प्रसाद पाण्डेको सभापतित्व उपाध्यक्ष जिवलाल न्यौपानेको स्वागत मन्तव्य र समितिका सचिव यमप्रसाद शर्माको सञ्चालनमा तथा खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय भैरहवाका प्रमुख अनुप हलुवाइको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा बोल्दै प्रमुख अनुप हलुवाइले “उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै डेरी ब्यवसाय संचालन गर्नुपर्ने सुझाव राख्नु भयो ।
व्यवसायीहरूले नाफाका लागि गुणस्तरमा कुनै पनि हालतमा सम्झौता गर्न नहुने भन्दै हलुगाइले कार्यालयले गुणस्तर कायम गर्न व्यवसायीहरूसँग सहकार्य गर्न सधैँ तयार रहेको बताउनु भयो ।“ कार्यक्रममा विशिष्ट अतिथि बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले “दुग्ध व्यवसाय आर्थिक विकासको एउटा महत्त्वपूर्ण खम्बा भएकाले व्यवसायीहरूले प्रतिस्पर्धी बजारमा टिक्नका लागि आधुनिकीकरण र व्यवसायिक नैतिकतालाई आत्मसात् गर्दै लैजानुपर्ने आवस्यक रहेको बताउनु भयो ।

यस क्षेत्रको प्रवद्र्धनका लागि संघ सधैँ सकारात्मक रहेको पनि उहाले बताउनु भयो । सभामा दुग्ध व्यवसायीहरूले भोग्नुपरेका मुख्य समस्याहरू र समाधानका लागि गर्नुपर्ने पहलहरूबारे गम्भीर छलफल गरिएको थियो । कच्चा दुधको गुणस्तरः किसानस्तरमै उत्पादनको गुणस्तरमा एकरूपता कायम गर्न नसक्नु मुख्य चुनौती रहेको । समाधानका लागि दुध संकलन केन्द्रहरूमा शीत भण्डारण (ऋजष्ििष्लन/ऋययष्लिन) प्रविधिको विस्तार गर्ने र कृषकलाई गुणस्तर मापनबारे सचेत गराउने विषयमा जोड दिइएको थियो। बजार व्यवस्थापनः दुध र दुग्धजन्य पदार्थको खपत बढाउनका लागि नयाँ बजार खोज्नुपर्ने र मूल्य श्रृंखलामा बिचौलियाको भूमिका घटाउनुपर्ने आवश्यकता रहेको छ । सरकारी नीति र प्रोत्साहनः डेरी उद्योगलाई प्रोत्साहन हुने गरी सहुलियतपूर्ण कर्जा तथा अनुदान लगायतका सरकारी नीतिहरू ल्याउन स्थानीय तथा प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको छ। पशु स्वास्थ्य र पोषणः उन्नत नश्लको प्रयोग र पशु पोषण व्यवस्थापनमा सुधार ल्याउन प्राविधिक तालिम र पशु स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने कार्यक्रम ल्याउने विषयमा छलफल भएको थियो । सभाका अध्यक्ष विष्णु प्रसाद पाण्डेले सफल १७औँ साधारण सभाले दिएको मार्गनिर्देशनअनुसार आगामी वर्ष कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा उपभोक्ता हित संरक्षण मन्चका अध्यक्ष समुन्द्र जिसि डेरी व्यवसायी समितिका सस्थापक अध्यक्ष भुवनेश्वर न्यौपाने, सल्लाकार कृष्ण प्रसाद भट्टराइ निर्वतमान अध्यक्ष रामकृष्ण शर्मा,गोपाल प्रधान, सुनिता थापा, राजु लिगल,तिलक घिमिरे लगायतले बोल्नु भएको थियो । कार्यक्रममा समितिको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन स्वीकृत हुनुका साथै आगामी वर्षको लागि कार्ययोजना समेत पारित भएको थियो।





