भैरहवा । रुपन्देही क्षेत्र नं. ३ का उम्मेदवार बासुदेव घिमिरेलाई स्थानीय मतदाताले विकासका पर्यायका रूपमा लिन थालेका छन् । विगतमा राजकीय जिम्मेवारीमा रहँदा उनले अघि बढाएका पूर्वाधार र संस्थागत सुधारका कामकै आधारमा उनी विकासवादी नेताका रूपमा स्थापित भएका हुन् ।
तिलोत्तमा नगरपालिकाको नगरप्रमुख र क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उनले थालेका योजनाहरू परिवर्तनका आधारस्तम्भ बनेका छन् । तिलोत्तमा नगरपालिकामा उनको नेतृत्वकाललाई स्थानीयले ‘पूर्वाधार विस्तार र सरसफाइको चरण’ का रूपमा सम्झन्छन् । उनले प्रारम्भ गरेको कार्यलाई संस्थागत गर्दै तिलोत्तमामा सडक स्तरोन्नति, शिक्षा, स्वास्थ्यमा सुधार, सरसफाइ अभियान र हरियाली प्रवद्र्धनलाई संस्थागत ढंगले अघि बढेको छ ।
मुख्य तथा भित्री सडकहरू कालोपत्रे र चौडा बनाउने कामले नगरको आवागमन सहज मात्र बनाएन, आर्थिक गतिविधिलाई पनि चलायमान बनायो । सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधार, कक्षा कोठा थप, शैक्षिक गुणस्तर अभिवृद्धि कार्यक्रम तथा स्वास्थ्य संस्थामा सेवा विस्तारका कामले नगरको सामाजिक क्षेत्र सुदृढ भएको स्थानीय अभिभावकहरूको भनाइ छ । बासुदेव घिमिरेको पहलमा छोटो अवधिमा रुपन्देही क्षेत्र नं. ५ का गाउँ बस्तीमा परिवर्तन देखिने धेरै काम भएका छन् । विकासका केही ठूला आयोजना सुरु भएका छन् ।
रामापुर—लुम्बिनी सडक डेडिकेट डबल लेनमा विस्तारको काम प्रारम्भ भएको छ । यो क्रमशः अगि बढ्ने योजना हो । फायरलाइनदेखि लुम्बिनी कक्रहवा नाकासम्म पुग्ने सडक पनि स्तरोन्नती भएको छ । दुई वर्षअघि सम्म यो सडकमा धेरै नै खाल्टाखुल्टी थिए, हिँड्न निकै कठिन थियो । सूर्यपुरादेखि मजदियासम्म पुग्ने बाटो विस्तारको काम प्रारम्भ भएको रहेछ, नाली बन्न थालेको छ । खुनगाइदेखि हुलाकी सडक विस्तारका लागि नाली निर्माण प्रारम्भ भएको छ । लुम्बिनी विकास कोष परिसरको बाटो विस्तार, पुल निर्माण, मोग्लाह सडक निर्माणको कार्य अघि बढेको छ । कञ्चन, गैडहवा, सैनामैना, मायादेवीका ग्रामीण बस्तीहरुमा पनि सडक आकर्षक बनेको छ ।
सिंचाइ योजनाका काम अघि बढेका छन् । स्वास्थ्य संस्थाहरु सुदृढ हुँदै गएका छन् । यी विकासका काम आकस्मिक नभई चरणबद्ध र योजनाबद्ध रूपमा अघि बढाइएका हुन् । घिमिरेले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी बजेट व्यवस्थापन र कार्यान्वयनमा जोड दिनु नै यसको विशेषता रहेको बताइन्छ । तिलोत्तमा–१३ का युवा सागर भट्टराई भन्छन्, “विकास भाषणले होइन, प्रणालीले हुने कुरा यहाँ देखिएको छ । योजना बनाएर निरन्तरता दिन सक्ने नेतृत्वका कारण यस्तो परिवर्तन सम्भव भएको हो ।
” यद्यपि अझै सबै सडक कालोपत्रे भइसकेका छैनन् र थुप्रै काम गर्न बाँकी छन् । तर सुरु भएका ठूला आयोजना र देखिने पूर्वाधार सुधारले समग्र क्षेत्रको मुहार फेर्ने आधार तयार गरिसकेको स्थानीयको बुझाइ छ । तिलोत्तमा र क्षेत्र नं. ५ मा देखिएको सडक सञ्जाल विस्तार, शिक्षा–स्वास्थ्य सुधार, सिँचाइ तथा पर्यटन पूर्वाधार विकासका कामलाई आधार मानेर धेरै अहिले प्रतिनिधिसभा सदस्य निर्वाचमा रुपन्देही क्षेत्र नं. ३ का मतदाताले बासुदेव घिमिरेलाई विकासका पर्यायका रूपमा चित्रित गरिरहेका छन् । विकासको निरन्तरता र दीर्घकालीन सोचसहितको नेतृत्व आवश्यक रहेको धारणा स्थानीय तहमा बलियो बन्दै गएको छ । घिमिरेले विगतमा काम गरेर देखाइसकेकाले उनी मतदाताको रोजाइमा परेका छन् ।