बुटवल, फागुन १८ । रुपन्देही क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यका लागि चुनावी प्रतिस्पर्धा चुलिँदै जाँदा नेकपा एमालेका उम्मेदवार बासुदेव घिमिरे अन्य प्रतिस्पर्धीभन्दा अगाडि रहेको पाइएको छ । घरदैलो र मतदाता भेटघाटका क्रममा देखिएको जनसहभागिता, पार्टीको संगठनात्मक सक्रियता र उम्मेदवारको विगतको कार्यसम्पादनको आधारमा घिमिरे अन्य प्रतिस्पर्धीभन्दा अगाडि रहेको पाइएको हो । यो क्षेत्रबाट घिमिरेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. लेखजंग थापा, राप्रपाका गौरव बोहोरा र नेपाली काँग्रेसका सुशिल गुरुङ सहित ३४ जना उम्मेदवार चुनावी मैदानमा छन् । तर संगठन, अनुभव र ‘टेस्टेड लिडरशिप’ का कारण घिमिरे प्रतिस्पर्धामा अघि देखिएका हुन् ।
घिमिरे विगतमा आफूले राजकीय जिम्मेवारी पाउँदा त्यसलाई कुशलतापूर्वक सम्पन्न गरेको भन्दै मतदाताको माझमा पुगेका छन् । तिलोत्तमाको नगर प्रमुख हुँदा उत्कृष्ट कार्य सम्पादन गरेको, संघीय सांसद रहँदा संसदमा जनताका आवाजलाई बुलन्द पारेकोले अब अवसर पाउँदा थप राम्रो काम गर्न सक्ने उनको भनाइ छ । रास्वपाका उम्मेदवार थापाले आफू न्यूरोलोजिष्ट चिकित्सक भएको भन्दै मतदातासँग मत मागिरहेका छन् । यस्तै राप्रपाका बोहोरा आफ्ना बुबा दीपक बोहोराको लिगेशीमा चुनावी मैदानमा छन् भने काँग्रेसका गुरुङ पार्टी बदलिएको भन्दै मतदातासँग मत मागिरहेका छन् । यी सबै उम्मेदवारहरु मध्ये घिमिरे काम गर्न सक्ने योग्य उम्मेदवार भएको धेरै मतदाताको बुझाइ छ । क्षेत्र नं. ३ तिलोत्तमासँग जोडिएको क्षेत्र भएकोले यहाँका मतदातामाझ घिमिरे विगतबाटै परिचित छन् । तिलोत्तमा–१३ का किराना व्यवसायी विवेक चौधरी भन्छन्, “अरू उम्मेदवार नयाँ हुन्, उनीहरुले के गर्छन् थाहा छैन । तर काम गरेर देखाइसकेको नेता बासुदेव घिमिरे नै हुन् । परीक्षण भएको व्यक्ति भएकाले मतदातामा भरोसा बढी छ ।” घिमिरेले तिलोत्तमा नगरपालिकाको प्रमुखका रूपमा रहँदा पूर्वाधार विकास, सडक स्तरोन्नति, शिक्षा तथा स्वास्थ्य, सरसफाइमा क्षेत्रमा देखिने काम गरेको स्थानीयहरूको भनाइ छ । उनले तिलोत्तमामा प्रारम्भ गरेको विकास मोडल अहिले अरु पालिकाहरुका लागि सिकाइ बनेको छ ।
यस्तै संघीय सांसदका रूपमा संसदमा यस क्षेत्रका मुद्दा उठाएको र बजेट विनियोजनमा प्रभावकारी पहल गरेको समर्थकहरूले बुझाइ छ । शुद्धोदन गाउँपालिका वडा नं. ५ का मानबहादुर थारुका अनुसार, “नयाँ उम्मेदवारले आश्वासन दिन सक्छन्, तर घिमिरेसँग योजना बनाएर कार्यान्वयन गरेको अनुभव छ । त्यसैले मतदाताले तुलना गरेर निर्णय गरिरहेका छन् ।” यस क्षेत्रमा रुपन्देहीका अन्य क्षेत्रमा जस्तो नयाँ राजनीतिक दलको प्रभावकारी प्रभाव नदेखिएको स्थानीय विश्लेषकहरु बताउँछन् । यहाँ उम्मेदवारद्धय घिमिरे र बोहोराको व्यक्तिगत प्रभाव स्पष्ट देखिएको छ । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रमा समानुपातिक मतमा नेपाली काँग्रेस अघि थियो । तर अहिलेको चुनावमा नेपाली काँग्रेसले सशक्त उपस्थिति देखाउन सकेको छैन । एमालेको टोलस्तरसम्म संगठनात्मक संरचना अझ मजबुत भएको र अन्य पार्टीका उम्मेदवारहरु नै प्रवेश गरेकाले समर्थकको संख्या बढेको नेताहरुको दाबी छ । राजनीतिक विश्लेषकहरूका अनुसार रास्वपा र राप्रपाको मत आधार सीमित देखिएको छ भने काँग्रेस आन्तरिक गुटबन्दीका कारण पूर्ण रूपमा एकजुट हुन नसकेको टिप्पणी छ । यस्तो अवस्थामा एमालेको परम्परागत मत, घिमिरेको व्यक्तिगत प्रभाव र घिमिरेलाई समर्थन गरेका अन्य दल तथा उम्मेवादरको प्रभावका कारण उनी अग्रस्थानमा रहने आँकलन गरिएको छ ।
सिद्धार्थनगर–१० का एक जना युवा मतदाता भन्छन्, “यसपटक प्रतिस्पर्धा त छ, तर घरदैलोमा देखिएको भीड र सक्रियता हेर्दा एमाले अघि देखिन्छ । मानिसले उम्मेदवारलाई हेरेका छन् दललाई होइन ।” रुपन्देही–३ मा चुनावी माहोल तातिँदै जाँदा अनुभव, संगठन र विगतको कार्यसम्पादनलाई आधार बनाउँदै एमालेका घिमिरे प्रतिस्पर्धीभन्दा अगाडि रहेको चर्चा स्थानीय स्तरमा बलियो बन्दै गएको छ । यद्यपि अन्तिम निर्णय भने मतपेटिकाले नै गर्नेछ ।