रुपन्देही उद्योग संघमा बेकरी वस्तुगत समिति गठन
बुटवल, २०८३ जेठ ६
रुपन्देही उद्योग संघमा बुधबार बेकरी वस्तुगत समिति गठन गरिएको छ
। संघमा आबद्ध बेकरी उद्योगीहरूको भेलाबाट सूर्य बेकरीज उद्योगका सञ्चालक सूर्य बहादुर भुजेलको संयोजकत्वमा ७ सदस्यीय वस्तुगत समिति गठन गरिएको हो।
संघका प्रथम उपाध्यक्ष एवं कार्यक्रम संयोजक हरि बहादुर खत्री को अध्यक्षता तथा संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संघका पूर्व अध्यक्ष,पदाधिकारी, कार्यसमिति सदस्य तथा बेकरी उद्योगीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
गठित समितिको सह–संयोजकमा तुलसी पाउरोटी उद्योगका ललित तिवारी, सचिवमा सवाना बेकरीज उद्योगका मो. आजाद चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा राकेस फुड प्रोडक्ट्स उद्योगका राजेन्द्र कुमार उपाध्याय, सगरमाथा बेकरीज उद्योगका जयनाथ बस्नेत, गैरे बेकरीज उद्योगका पिताम्बर गैरे तथा श्रीजय गणेश पाउरोटी उद्योगका महेन्द्र कुमार गुप्ता रहनुभएको छ।भेलाले समितिका सल्लाहकारहरूमा संघका प्रथम उपाध्यक्ष हरि बहादुर खत्री, कार्यसमिति सदस्य यादव गैरे, लुम्बिनी बेकरीजव्यवसायी संघका अध्यक्ष देवानन्द पाण्डे, अन्जना बेकरीज उद्योगका विनोद प्रसाद चौधरी तथा बुद्ध बेकरीज उद्योगका हिमांशुराज शाक्य लाई चयन गरेको छ ।
कार्यक्रममा संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले नवगठित समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुहुँदै उद्योगीका साझा समस्याहरूलाई संघसम्म ल्याई समाधानका लागि सामूहिक पहल गर्न आग्रह गर्नुभयो । समितिको सक्रियताबाट औद्योगिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै उहाँले उद्योगीहरूलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नुभयो।नवगठित समितिका संयोजक सूर्य बहादुर भुजेलले आफ्नो क्षेत्रबाट औद्योगिक विकासमा हातेमालो गर्दै सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यस अवसरमा संघका पूर्व अध्यक्ष बाबुराम बोहराले नवगठित समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । सोही अवसरमा लुम्बिनी बेकरीज व्यवसायीसंघका अध्यक्ष देवानन्द पाण्डेले उद्योग व्यवसायमा देखिएका समस्याहरूलाई संघमार्फत समाधान गर्नुपर्नेमा जोड दिँदै हरेक कार्यक्रममा सक्रिय सहभागिताका लागि आग्रह गर्नुभयो ।
सो अवसरमा कार्यक्रम संयोजक तथा प्रथम उपाध्यक्ष हरि बहादुर खत्रीले वस्तुगत समिति गठनको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो भने संघकामहिला सचिव मञ्जु भुसालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा संघकाकोषाध्यक्ष विशाल बेलबासेले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।





