ज्ञानगंगा पाठशालामा बालमैत्री सूचक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

तिलोत्तमा नगरपालिका वडा नं. ४ को आयोजनामा आज ज्ञानगंगा पाठशालामा बालमैत्री सूचक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा वडा बालमैत्री समिति, विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा विद्यालय बाल समूहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरूले विद्यालयलाई बालमैत्री, सुरक्षित र अनुशासित बनाउन अभिभावक, शिक्षक, विद्यार्थी र समुदायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए । कार्यक्रममा बालअधिकार संरक्षण, बालमैत्री व्यवहार, विद्यालयमा हुने हिंसा न्यूनीकरण तथा विद्यार्थीको सहभागितामूलक सिकाइ वातावरण निर्माणका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा वडाध्यक्ष हरिबहादुर क्षेत्री, विद्यालयका प्रवन्ध निर्देशक युवराज न्यौपाने, वडा सचिव काशिराम ज्ञवाली, प्रअ चन्द्र अधिकारी बालमैत्री सहजकर्ता लक्ष्मी ज्ञवाली लगायतले मन्तव्य राख्नुभएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.