रगत निःशुल्क बनाउन सरकारसंग माग

बुटवल जेठ ।

बिरामीलाई आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराउनुपर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले सरकारसंग माग राखेका छ । सबै नागरिकको सहज पहुँच सुनिश्चित गर्न राज्यले आवश्यक नीति तथा बजेट व्यवस्था गर्नुपर्ने उनिहरुले बताए । रक्तदान गरौ, जीवन बचाऔ नारासहित नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको बुटवलमा शनिबार सम्पन्न १३ औ वार्षिक साधारण सभा तथा दुर्लभ रक्तदाता भेलाको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य मन्जु भुषालले स्वस्थ्य क्षेत्रमा रहेका समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता जनाईन । रुपन्देहीका रक्तदाताहरुबाट भएका कामको सराहना गर्दै उनले कानुनी रुपमा समाधानका लागि पहल गर्ने बताईन ।
कार्यक्रममा संघका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले हाल लिदै आएको रगतको शुल्क महङ्गो भएको भन्दै सबैलाई निशुल्क गर्नेतर्फ संघिय सरकारबाट पहल गर्न आग्रह गरे । केही पालिकाहरुबाट निशुल्क घोषणा भएको भन्दै सबै जनतालाई समान हुने गरि कार्यान्वयनतर्फ जोड दिनुपर्ने उनले बताए । स्वयंसेवी रुपमा रगत ब्यवस्थापनमा लागेका आफुजस्ता स्वयंसेवी रक्तदाताहरुको संस्थालाई ब्लड बैक संचालन स्वीकृति दिन सरकारबाट ढिलाई नगर्न समेत सुझाव दिए ।
कार्यक्रममा आम्दा अस्पतालका मेसु डा.बिनोद पराजुली, डा.राजेन्द्र बश्याल, डा बबिता थापा, नेपाल रक्त संचार केन्द्र बुटवलका संयोजक डा.बेन बहादुर पौडेलले स्वयंसेवी रक्तदाताहरुबाट भएको योगदानको चर्चा गर्दै यसमा सरकारबाट आवश्यक सहयोग गर्न आग्रह गरे ।
कार्यक्रममा समाजका उपाध्यक्ष उदय भट्टराई, समाजका महासचिव प्रशन्न श्रेष्ठले आम नागरिकलाई रगतको महत्व बुझाउन र रक्तदान अभियानलाई अघि बढाउने आफुहरु निरन्तर लाग्ने बताए ।
यसैगरि दुर्लभ रक्तदाताको भेलाबाट बिरामीहरुलाई आवश्यक पर्ने रगतको सहज उपलब्धतातर्फ ध्यान दिएर लाग्ने गरि योजना बनाईएको कार्यसमिति सदस्य पवन पौडेलले बताए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.