सफल भविष्यको विश्वसनीय गन्तव्य : बुटवलको अक्सफोर्ड कलेज

बुटवल । शैक्षिक क्षेत्रमा सफल र प्रतिष्ठित संस्थाका रुपमा स्थापित नाम हो अक्सफोर्ड कलेज । बुटवल उपमहानगरपालिका–८ सुख्खानगरमा स्थापित अक्सफोर्ड कलेजले सयौ विद्यार्थीलाई आफुभित्र समाहित गरेर दीक्षित बनाएको छ । विद्यार्थीलाई लक्ष्य केन्द्रीत अध्यापन गराएर गर्न र कमाउन सिकाउने शैक्षिक गन्तब्यका रुपमा विद्यार्थीको रोजाइमा परेको अक्सफोर्ड रुपन्देहीको मात्र नभई नेपालकै एक प्रतिष्ठित संस्थाका रुपमा स्थापित संस्था हो । लुम्बिनी प्रदेशमा रहेका विभिन्न जिल्लाका विद्यार्थीको उत्कृष्ट गन्तब्यनै हो । उच्च शिक्षातर्फ अग्रसर विद्यार्थीहरुको रोजाइमा परेको अक्सफोर्ड कलेज पश्चिम नेपालकै एक प्रतिष्ठित शैक्षिक संस्थाका रूपमा चिनिएको छ । कलेजमा स्नातक तह अन्तर्गत ब्याचलर अफ होटल म्यानेजमेन्ट (बीएचएम) ब्याचर अफ इफरमेशन टेक्नोलोजी मेनेजमेन्ट (बिआईटीएम) का कार्यक्रम विगत आठ वर्षदेखि सफलतापूर्वक सञ्चालन हुँदै आएका छन् । यसअघि सञ्चालनमा रहेका बिबिएस, बिएडका कार्यक्रममा पनि विद्यार्थीहरू नेपाल प्रथम हुने गौरवपुर्ण स्थान हासिल गर्न सफल बनेका छन् । यस्तै बिएचएम र बिआईटीएमका कार्यक्रमअन्तर्गत अध्ययनरत विद्यार्थीहरूले पनि पटक–पटक प्रदेश प्रथम तथा नेपाल प्रथम भई अक्सफोर्ड कलेजको शैक्षिक उत्कृष्टता कायम गरेका छन् । अनुभवी प्राध्यापक, आधुनिक शैक्षिक वातावरण, अत्याधुनिक प्रयोगशाला तथा विद्यार्थी केन्द्रित शिक्षण सिकाई पद्धतिका कारण अक्सफोर्ड कलेजले आफूलाई गुणस्तरीय उच्च शैक्षिक संस्थाका रुपमा आफुलाई चिनाउँदै र विकास गर्दै लगेको छ । स्नातक तह अध्ययन गर्ने विद्यार्थीहरुकालागि संस्कारयुक्त शिक्षण सिकाई, ब्यवहारिक ज्ञान र प्रयोगात्मक कक्षाहरुमा अब्बल र सक्षम सावित गर्ने कलेजले आफ्नो गुणस्तरीयतालाई कायम राख्दै आएको छ । बिएचएम, बिआईटीएम, बिविएस र बिएडका कार्यक्रम टियु अन्तरगत छन् । यि विषयमा अहिले भर्ना समेत खुलेको छ । कलेजमा अहिले बिएचएम, बिआईटीएम, बिविएस र बिएडका कार्यक्रम टियु अन्तरगत संचालन छन् । यि विषयमा अहिले भर्ना समेत खुलेको छ ।
“पढ्दै, कमाउँदै’’ अवधारणालाई ब्यवहारमा उतार्दै अक्सफोर्ड कलेजले विद्यार्थीलाई भविष्यमा काम लाग्ने शिक्षा प्रदान गरेको छ । असल र अनुशासितसँगै भविष्यमा गर्न सक्ने र कमाउन सक्ने जनशक्ति उत्पादनमा अक्सफोर्डले योजनावद्ध तरिकाले शैक्षिक कार्यक्रमलाई जोड दिएको छ । विद्यार्थीहरुलाई आन्तरिक तथा वाह्य ज्ञान दिने उद्देश्यले प्रत्येक सेमेस्टरहरुमा देशको विभिन्न स्थानमा रहेका प्रतिष्ठित र ठुला होटलमा अवलोकन भ्रमण, त्यहाँको ज्ञानसीप आदान–प्रदान भविष्य केन्द्रीत सिकाई अभ्यास समेत कलेजले गराउँदै आएको छ । विद्यार्थीहरुलाई देशका प्रतिष्ठित होटलहरूमा अवलोकन भ्रमण, फिल्ड भिजिट तथा व्यवहारिक अभ्यास गर्ने अवसर दिदै आएको छ । यसले गर्दा पनि कलेज नव आगन्तुक र अध्ययन पुरा गरेका विद्यार्थीकालागि राम्रो र उदाहरणीय कलेजका रुपमा स्थापित छ । आईटी क्षेत्रका विद्यार्थीहरू नेपाल तथा अन्तर्राष्ट्रिय कम्पनीहरूमा सफलतापूर्वक आबद्ध छन् । साथै, थुप्रै पूर्व विद्यार्थीहरूले आफ्नै व्यवसाय सञ्चालन गर्दै सफल उद्यमीको परिचय स्थापित गरेका छन् ।

संस्थाको उत्कृष्ट नतिजा, आदरणीय अनुभवी प्राध्यापकहरुको लगन, मेहनत र निरन्तर प्रयास, आधुनिक भौतिक पुर्वाधार, पुर्व विद्यार्थीहरुको उत्कृष्टता र उपलब्धतालेनै संस्थाको शैक्षिक विश्वसनीयतालाई नै प्रमाणित गरि सकेको छ । संस्थाको उत्कृष्ट नतिजा, आदरणीय अनुभवी प्राध्यापकहरुको लगन, मेहनत र निरन्तर प्रयास, आधुनिक भौतिक पुर्वाधार, पुर्व विद्यार्थीहरुको उत्कृष्टता र उपलब्धतालेनै संस्थाको शैक्षिक विश्वसनीयतालाई नै प्रमाणित गरि सकेको छ । अक्सफोर्ड कलेजले दिएको ज्ञान र सीपका कारण विद्यार्थीहरु रोजगार केन्द्रीत सफल छन् । कतिपय विद्यार्थीहरूले इन्टर्नसीपकै आधारमा स्थायी रोजगारी प्राप्त गरेका छन्, जसले उनीहरूको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेलेको छ । कलेजमै पाएको ज्ञान, सीपले विद्यार्थीलाई सक्षम बन्ने बाटो खुलेको छ भने उनीहरुले पढाई सकेपछि स्वरोजगार बन्ने मौका पनि पाएका छन् । हामीले शैक्षिक ज्ञानमात्र हाईन अतिरिक्तसँगै खेलकुदका क्षेत्रमा पनि विद्यार्थीलाई उत्तीकै सहभागि बनाएर उनीहरुको क्षमता प्रदर्शनको अवसर पनि दिदै आएका छौ । त्यसैले पनि प्लस टु उत्तीर्ण विद्यार्थीहरुलाई आफ्नो भविष्य सुनिश्चितनाकालागि हामीले अक्सफोर्डमा हार्दिक आमन्त्रण गर्दछौ । अक्सफोर्ड कलेजसँगको सहयात्रामा समावेस हुनकालागि सबै विद्यार्थीहरुलाई हार्दिक अनुरोध गर्दछौ ।
पर्यटन तथा आतिथ्य क्षेत्र विश्वव्यापी रूपमा तीव्र गतिमा विस्तार भइरहेको सन्दर्भमा बिएचएम कार्यक्रमले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको ज्ञान र व्यवहारिक सीप प्रदान गर्दै आएको छ । त्रिभुवन विश्वविद्यालयको मापदण्डअनुसार कलेजमै रहेका सुविधा सम्पन्न किचन, रेष्टुरेन्ट, फ्रन्ट अफिस तथा हाउसकिपिङ ल्याबहरूमा नियमित व्यवहारिक कक्षा सञ्चालन गरिन्छ । जसले विद्यार्थीहरुलाई सैद्धान्तिकसंगै ब्यवहारिक ज्ञानको विकास र भविष्यमा काम लाग्ने ज्ञानको विकास गराउँदै आएको छ । अध्ययन अवधिभर विभिन्न होटल तथा रिसोर्टहरूसँगको सहकार्यमार्फत विद्यार्थीहरूले सिकेका ज्ञानलाई व्यवहारमा उतार्ने र उनीहरुलाई रोजगारीसँग जोड्ने अवसर कलेजले प्रदान गर्दै आएको छ । इन्टर्नसीपका क्रममा विद्यार्थीहरूले युरोपका विभिन्न देशहरू, दुबई, थाइल्याण्ड, कतार, कुवेत लगायतका अन्तर्राष्ट्रिय मुलुकहरु तथा नेपालकै प्रतिष्ठित होटलहरूमा काम गर्दै अनुभव, सीप र आम्दानी हासिल गरिरहेका छन् ।
सूचना प्रविधि र व्यवस्थापनको उत्कृष्ट संयोजनका रूपमा रहेको बिआईटीएम कार्यक्रम आजको डिजिटल युगको आवश्यकता अनुरूप डिजाइन गरिएको पाठ्यक्रम हो । यसमा करिब ६० प्रतिशत सूचना प्रविधिसम्बन्धी विषयवस्तु र ४० प्रतिशत व्यवस्थापनसम्बन्धी विषयहरू समावेश छन् । यसले विद्यार्थीहरूलाई प्राविधिक तथा व्यवस्थापकीय दुवै क्षेत्रमा सक्षम बनाउँछ । कलेजमा डिजिटल लजिक, नेटवर्किङ, माईक्रोप्रोसेसरलगायतका विषयका लागि अत्याधुनिक प्रयोगशालाहरू सञ्चालनमा छन् । यसका अतिरिक्त विद्यार्थीहरूलाई समयानुकूल आईटी प्रशिक्षण, सीप विकास कार्यक्रम तथा अतिरिक्त व्यावसायिक तालिमहरू पनि प्रदान गरिन्छ । बिआईटीएम अध्ययन गरेका धेरै विद्यार्थीहरू हाल नेपालका प्रतिष्ठित आईटी कम्पनीहरूमा कार्यरत छन् भने कतिपयले नेपालमै बसेर विदेशी कम्पनीहरूमा ‘वर्क फ्रम होम’ मार्फत सेवा प्रदान गरिरहेका छन् । केही पूर्व विद्यार्थीहरूले मासिक दुईदेखि तीन लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै सफल आईटी व्यवसायिक जीवन निर्माण गरिरहेका छन् । अक्सफोर्डले दिएको ज्ञान सीपले गर्दापनि विद्यार्थीहरु विश्वको जुनसुकै स्थानमा गएतापनि कमाउने र आफुलाई बनाउने सीप कलेजबाट प्राप्त गरेका छन् ।
सीमित सिट सङ्ख्या तथा गुणस्तरीय शिक्षण प्रणालीका कारण प्रत्येक विद्यार्थीलाई व्यक्तिगत मार्गदर्शन प्रदान गर्न कलेज सफल भएको छ । कलेजका पूर्व विद्यार्थीहरू नेपाल तथा विदेशका प्रतिष्ठित होटलहरूमा सुपरभाइजरदेखि सहायक व्यवस्थापकसम्मका पदहरूमा कार्यरत छन् । अक्सफोर्ड कलेजको सफलता केवल परीक्षाको नतिजामा मात्र सीमित छैन । यहाँबाट अध्ययन पूरा गरेका विद्यार्थीहरूले विभिन्न क्षेत्रमा सफल उद्यमी, व्यवस्थापक, आईटी विज्ञ तथा व्यवसायीका रूपमा आफूलाई स्थापित गरेका छन् । कलेजका पूर्व विद्यार्थीहरूले बुटवलमा सफलतापूर्वक लोकप्रिय व्यवसायहरूको नेतृत्व गरिरहेका छन् । यसले पुर्व विद्यार्थीका अभिभावक र छरछिमेकमा सकारात्मक सन्देश प्रवाह गरेको छ । त्यसैगरी विभिन्न होटल, रेस्टुरेन्ट, क्याफे तथा पर्यटनसम्बन्धी व्यवसाय सञ्चालन गर्दै स्वदेशमै रोजगारी सिर्जना गर्ने कार्यमा समेत अग्रणी भूमिका निर्वाह गरिरहेका छन् । अक्सफोर्ड कलेजले केवल डिग्री प्रदान मात्र नगरी नेतृत्व, उद्यमशीलता र आत्मनिर्भरता विकास गर्ने वातावरण निर्माण गरिरहेको तथ्यलाई पुष्टि गर्छन् । आजको विश्व पर्यटन र सूचना प्रविधिको युगमा प्रवेश गरिसकेको छ । नेपालमा अन्तर्राष्ट्रिय होटल चेनहरूको विस्तार, पर्यटन उद्योगको विकास तथा सूचना प्रविधि क्षेत्रको तीव्र वृद्धि भइरहेका कारण यी क्षेत्रमा दक्ष जनशक्तिको माग दिनप्रतिदिन बढिरहेको छ । यही सम्भावनालाई दृष्टिगत गर्दै अक्सफोर्ड कलेजले विद्यार्थीहरूलाई ज्ञान, सीप र व्यवहारिक अनुभवसहित भविष्यका अवसरहरूका लागि तयार गर्दै आएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.