प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प छैन पुनःस्थापनाकामा एकमत भएर जाऔं अध्यक्ष ओली

 

मंसिर ६
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान जोगाउन प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प नरहेको भन्दै पुनःस्थापनाको मागमा सहमति जनाउन दलहरूसँग आग्रह गर्नुभएको छ ।
अहिलेको असंवैधानिक सरकारको पछि लागेर जन्ती बन्न नसकिने भन्दै दलहरूसँग संसद पुनःस्थापनाकामा एकमत भएर जान उहाले आग्रह गर्नुभयो ।
आज शनिबार काठमाडौंमा एमालेले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै ओलीले आग्रह–पूर्वाग्रह त्यागेर संविधान जोगाउने काममा लाग्न सवै पक्षलाइ आग्रह गरेका गर्नुभयो ।‘अध्यक्ष ओलिले सबै राजनीतिक दलहरूलाई कसैसँगको इर्ष्याभाव, मनमुटाव अथवा प्रतिशोधको भावनाले लोकतन्त्र गएकोमा ताली पिट्न नहुने बताृनु भयो । ओलीले राजनीतिक पार्टीको काँधमा देशप्रतिको उत्तरदायित्व रहेको भन्दै अध्यक्ष ओलिले राजनीतिक संकट समाधानको एकमात्र विकल्प प्रतिनिधिसभा पुनःस्थापना भएको दोहोर्‍याउँनु भयो ।
ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस नै असंवैधानिक भएकाले सर्वोच्च अदालतले पुनःस्थापना गर्ने विश्वास व्यक्त गर्नुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.