कूर्घा आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वार्ड नं. ६ कुर्घा स्थित कुर्घा आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडाको रुपमा ट्रयाकसुट र शैक्षिक सामग्री वितरण गरिएको छ । गुल्मी कुर्घा रुपन्देही सम्पर्कको सहजीकरणमा हाल बेल्जियम रहनुभएका घनश्याम शर्मा पंगेनीले उपलब्ध गराउनुभएको ५० हजारबाट विद्यार्थीलाई ट्रयाकसुट र शैक्षिक सामग्री वितरण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुम बहादुर बि.क.को अध्यक्षता, वडाध्यक्ष खड्क बहादुर खड्काको प्रमुख आतिथ्यमा भएको शैक्षिक सामग्री वितरण कार्यक्रममा समाजका अध्यक्ष प्रकास थापा, सचिव जीवन पौडेल, सहयोगदाताको तर्फबाट देबी अर्याल, वडा सदस्य हिरा बि.क. लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा वडाध्यक्ष खड्काले आफ्‌नो जन्म ठाउँप्रतिको मायाबाट अभिप्रेरित भएर विद्यालयलाई विभिन्न रुपमा सहयोग पुर्याउने सम्पूर्णप्रति आभार व्यक्त गर्नुभयो । विद्यालयले जन्मदिनकोष मार्फत् विभिन्न व्यक्तिले सहयोग गर्दै आएको जनाउँदै खानेपानी टंकी व्यवस्थापनमा तारा बहादुर बिष्ट, जिन्सी सामान व्यवस्थापनमा रामबहादुर रायमाझीलगायतले सहयोग गरेको जनाएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.