तिलोत्तमा । थोर्गा रुपन्देही सम्पर्क समाजले नव वर्ष २०८३ को अवसरमा भित्तेपात्रो विमोचन तथा शुभकामना आदान–प्रदान कार्यक्रम बुधबार तिलोत्तमामा सम्पन्न गरेको छ । कार्यक्रममा समाजका सदस्य, शुभेच्छुक तथा रुपन्देही आसपास बसोबास गर्ने थोर्गावासीहरूको सहभागिता रहेको थियो । समाजका अध्यक्ष षडादन्द पोखरेलेको अध्यक्षता तथा सचिव लक्ष्मण गौतमको सञ्चालनमा भएको कार्यक्रममा पूर्वअध्यक्ष तथा सल्लाहकारहरु रामप्रसाद पोख्रेल, मिन प्रसाद पोख्रेल, केशबराज ज्ञवालीको आतिथ्यमा रहेको थियो । कार्यक्रममा पयेक समाजका अध्यक्ष लक्ष्मी प्रसाद ज्ञवाली, बसन्तपोखरी समाजका अध्यक्ष ईश्वरी ज्ञवाली, पामिर बोर्डिङ्ग स्कुलका प्रिन्सपल गोपाल गौतम लगायतले आपसी सम्बन्ध सुदृढ बनाउन समाजले सञ्चालन गरेका कार्यक्रम फलदायी रहेको बताएका थिए ।




