बुटवल, १८ जेठ ।
नेपालको पर्यटन क्षेत्रमा रहेका समस्या समाधान गरि सो क्षेत्रलाई आर्थिक विकासको एक अधार बनाउनका लागि राज्यको नीति र कानुनी जटिलतालाई हटाउनु पर्नेमा जोड दिइएको छ । सैद्धान्तिक कुरा र प्रतिवेदनले मात्र पर्यटन क्षेत्रमा सुधार हुन नसक्ने बताउदै कार्यान्वयन तहमा रहेका समस्याहरुको समाधान र समय सापेक्ष नीतिसंगै तीन तहका सरकारवीचको अधिकारको अस्पष्टता हटाउन आग्रह गरिएको छ ।
रुपन्देही उद्योग संघको आयोजना तथा बुटवल उपमहानगरपालिकाको सहयोगमा बुटवलमा सोमवार भएको रुपन्देहीको पर्यटन उद्योगका अवसर र चुनौती विषयक वृहत गोष्ठीमा राज्यकै कमजोरीले पर्यटन क्षेत्रबाट चाहे अनुसारको प्रतिफल आउन नसकेको औल्याइएको थियो ।
गोष्ठीमा बोल्ने बक्ताहरुले पर्यटन नीतिमा आमुल परिर्वतन गर्दै नेपालमा घुम्नेपर्यटकहरुको बसाई लम्ब्याउन सकेमात्र पर्यटनबाट राष्ट्रले लाभ लिन सक्ने दाबी गरेका थिए । पर्यटक बसाई लम्ब्याउने गरि प्याकेज योजना र प्रचारमा जोड दिनुपर्ने उनीहरुले सरोकारवालाहरुलाई सुझाव दिएका छन् ।
गोष्ठीमा बोल्ने बक्ताहरुले रुपन्देही जिल्लामा पर्यटकहरुलाई भुलाउने र देखाउने क्षेत्र तथा सम्पदाहरु प्रसस्त रहेको भएपनि हामीले त्यसलाई विकाउन नसकेको बताउदै नेपालका तराई क्षेत्रलाई रमाउने थलोका रुपमा विकास गर्दै पर्यटक बसाई लम्ब्याउने गरि लाग्नुपर्ने बक्ताहरुले सुझाव दिए । हाल नेपालमा विदेशबाट आउने पर्यटकको बसाई औषत १६ दिनभन्दा बढी रहेको बेला लुम्बिनीमा भने केवल डेढ दिनमात्र रहेने गरेको भन्दै यसलाई लम्ब्याउने गरि योजना ल्याउनुपर्ने उनिहरुले सुझाव थियो ।
कार्यक्रमको एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्दै रुपन्देहीको आर्थिक विकासमा पर्यटनको सम्भावना रहेको हुदा त्यसमा नीजि क्षेत्र लाग्न आग्रह गर्दै स्थानिय सरकार त्यसमा सहयोगी बन्ने प्रतिवद्धता जनाउनु भयो ।
बुद्धजन्मस्थल लुम्बिनी, आदिमानव रामापिथेकस, सामरिक महत्वको जितगढी किल्लाजस्ता धेरै ऐतिहासिक, धार्मिक सास्कृतिक महत्वका स्थलहरुलाई प्रचारप्रसार गर्दै पर्यटन आर्कषण गर्ने काममा सरोकारवाला निकायहरु लाग्नुपर्ने सुझाव दिदै त्यसमा नीजि क्षेत्रको अग्रसरतामा जोड दिनु भयो ।
कार्यक्रममा उपप्रमुख सावित्रादेवि अर्याल, देवदह नगरपालिकाका नगरप्रमुख ध्रुव खरेलले बुद्ध परिपथलाई जोडेर पर्यटन योजना बनाउन सहकार्यको हात सधै अगाडी बढाउदै आएको धारणा राख्नु भयो ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका सिनियर म्यानेजर सुमन घिमिरे, अध्यता तथा प्राध्यापक युवराज कंडेल, लुम्बिनी विश्वविद्यालयका विभागिय प्रमुख डा.श्री प्रसाद भट्टराईले पर्यटन विकास सम्बन्धि छुट्टाछुटै अवधारणापत्र प्रस्तुत गर्नु भएको थियो ।
सो अवसरमा लुम्बिनीलाई शान्ति, ध्यान र आरोग्यको पर्यटकिय क्षेत्रका रुपमा विश्वभर परिचित गराउदै रुपन्देही पर्यटनको गन्तब्य बनाउन जोड दिएका थिए । छलफलमा स्वदशी उत्पादनको प्रयोगमा जोड दिदै बुटवल ट्रान्जिट शहरका रुपमा विकास भएको हुदा यहाको कल्चर बुझाउदै त्यसलाई सदुपयोग गरेमा पर्यटक आर्कषक गर्न सकिने सम्भावना बताइएको थियो ।
रुपन्देहीको पर्यटन क्षेत्रको अवस्थाका बारेमा अवधारणा राख्दै लेखक युवराज कडेलले पर्यटनको विकास गर्न सेवा र कथा जरुरी रहने बताउनु भयो । उहाले पर्यटन सुचना केन्द्रको आवश्यकता रहेको र ब्यवसायिक संस्थाहरुबाट नै पर्यटनको विकासमा नया पुस्तालाई जोडेर अघि बढाउन जरुरी भएको सुझाव दिनु भयो ।
लुम्बिनी विश्वविद्यालयका विभागिय प्रमुख डा.श्री प्रसाद भट्टराईले पछिल्लो समयमा हाम्रा सांस्कृति धरोहरहरु मठमन्दीर लगायतका आस्थाका केन्द्रहरुको नक्कली बनाउने (डेष्टिनेशन डुब्लिकेशन) विषयले मौलिक पर्यटनको विकासमा दीर्घकालिन गम्भिर समस्या उत्पन्न हुने चेतावनी दिनु भएको थियो । होटल ब्यवस्थापन र टुरिजम अध्ययन गर्ने विद्यार्थीहरुलाई कक्षा कोठामा नभई होटलमा नै ब्यवहारिक ज्ञान दिनुपर्नेउहोको जोड थियो ।
कार्यक्रमको दोस्रो सत्रमा नेपाल पर्यटन बोर्डका सिनियर म्यानेजर सुमन घिमिरे, पर्यटन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख नेत्र प्रसाद भुसाल, वरिष्ठ पर्यटन ब्यवसायी माधव नेपाल, नाटा लुम्बिनी प्रदेशका पूर्व अध्यक्ष सागर अधिकारीसंग सामुहिक सम्बाद तथा अन्तरक्रिया गरिएको थियो । सो सम्बाद कार्यक्रम पत्रकार प्रदिप आचार्यले सञ्चालन गरेका थिए ।
नेपाल पर्यटन बोर्डका सिनियर म्यानेजर सुमन घिमिरेले पर्यटन विकासका लागि प्राथमिकतामा पूर्वाधार र यातायातमा जोड दिदै लुम्बिनी आउने पर्यटकहरुलाई अन्य पर्यटकिय स्थलहरुमा घुमाउन सकेमात्र लाभ लिन सकिने धारणा राख्नु भयो ।
नाटा लुम्बिनी प्रदेशका पूर्व अध्यक्ष सागर अधिकारीले पर्यटन क्षेत्रमा नीजि क्षेत्रबाट धेरै आशमा लगानी गरेको भएपनि त्यो सफलता हासिल नभएको बताउदै सरकारी नीति र विधि पर्यटन विकासको बाधक भएको आरोप लगाउनु भयो । उहाले अब मास टुरिजिन गर्ने कि लक्जरियस पर्यटक भित्राउने भन्ने छनौट गर्ने बेला आएको बताउनु भयो ।
पर्यटन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख नेत्र प्रसाद भुसालले आफुले नेतृत्व गरेको कार्यालय पर्यटकीय पूर्वाधार विकाससंग जोडिएको कार्यालय भएको हुदा उद्योग दर्ता, नबिकरण जस्ता कामहरु गर्ने, धार्मिक र सास्कृतिक पुर्वाधारमा काम गर्दै आएको बताउनु भयो ।
वरिष्ठ पर्यटन ब्यवसायी माधव नेपालले पर्यटन क्षेत्रको विकासका बारेमा हामीले सधै सैद्धान्तिक कुराहरु मात्र गर्दै आयौं भन्दै अब परिणामसहितको काम आवश्यक भएको बताउनु भयो । नेपालले पर्यटन क्षेत्रमा नीजि व्यवसायीहरुलाई काम गर्न निकै गाह््रो अवस्था रहेको बताउदै जबसम्प पर्यटनमा नीतिगत रुपमा आमुल परिर्वतन हुदैन तबसम्म यस्ता छलफल प्रतिवेदनमा मात्र सिमित हुने भन्दै टिप्पणी गर्नु भयो ।
संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीको अध्यक्षता, संघका महासचिव सुमन वस्यालको सञ्चालनमा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष जिवकान्त काफ्लेले धन्यवाद मन्तव्य राख्नु भएको थियो ।





