काठमाडौ । मंसिर २३ । रुपन्देही समाज काठमाडौले पनि सिमाकंन फेरवदलको आन्दोलनमा एक्येबद्धता जनाएको छ । समाजका अध्यक्ष कुश प्रसाद मल्लीले एक बिज्ञप्ति जारी गरी संविधान संशोधन सम्बन्धी सरकारको प्रस्तावले समाजको ध्यानाकर्षण भएको भन्दै पाँच नम्वर प्रदेश टुक्राउने सरकारको प्रस्ताव...
बुटवल,मंसिर २० । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडित जनतालाई प्रथम किस्ता अनुदान उपलब्ध गराउन अहिलेसम्म २७ अर्ब ३० करोड रुपैयाँ संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई निकासा दिएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय...
बुटवल । मंसीर १९,  जनकपुरमा रामजानकी विवाह पञ्चमी हर्षोल्लासपूर्वक मनाइएको छ । त्रेतायुगमा मंसिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह भएको संझनामा  हरेक बर्ष विवाह पञ्चमी पर्व मनाउने गरिन्छ । विवाह पञ्चमीका अवसरमा मिथिलाका जानकी मन्दिर, राम मन्दिर, जनक...
रासस- मंसिर १३, २०७३- मार्ग कृष्ण पक्षको त्रयोदशीका दिन राति शिवालयमा परिवारका मृतक सदस्यको सद्गतिको सङ्कल्पसहित दीपदान र चतुर्दशीका दिन बिहान मृगस्थलीमा सतबीज छरी बाला चतुर्दशी पर्व मनाएका छन् । यसरी दीपदान गर्नाले मृतकले सद्गति प्राप्त गर्ने धार्मिक विश्वास रहिआएको...
बुटवल । मंसिर १३ ।नेपाल मजदुर किसान पार्टी रुपन्देहीका अध्यक्ष हरिसुन्दर वासीले महान अक्टोबर क्रान्तिको सफलताले संसारभरका मजदुर किसानहरुलाई कामदार वर्गको शासनसत्ता स्थापना हुने आशा जगाएको बताउनु भयो । जनआस्था सा“स्कृतिक समूह, रुपन्देहीको आयोजनामा  तिलोत्तमास्थित शान्ति नमूना उमाविमा सम्पन्न ४७...
रासस। मंसिर १३ । मुलुककै अग्ला झोलुङ्गे पुल निर्माण भएको पर्वतको सदरमुकाम कुस्मामा फेरि अर्को अग्लो झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भएको छ। पर्वतको सदरमुकाम कुस्मालाई जिल्लाको फलेवास क्षेत्रसँंग जोड्न मोदीखोलामा १५८ दशमलव ७० मिटर अग्लो कुस्मा–मुडिकुवा झोलुङ्गेपुलको निर्माण कार्य...
काठमाडौ,मंसिर १० - ‘घर शान्ति नै विश्व शान्तिको आधारः दिगो विकासका लागि लैङ्कि हिंसारहित समाज’ भन्ने नाराका साथ लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान–२०१६ शुक्रबारदेखि सुरु भएको छ । घर घरमा भइरहेको महिला हिंसाविरुद्ध जागरण गराउने उद्देश्यले देशैभर अभियान सञ्चालन गरिने राष्ट्रिय महिला आयोगले...
बुटवल । मंसिर ५ । प्रदेश सिमाङकन हेरफेर गर्न खोजेको भन्दै बिद्यार्थी संगठनहरुले आइतवार नवलपरासीको नवलपुर क्षेत्र बन्द गरे । सरकारले संबिधान संसोधन गरी नवलपरासीको नवलपुरखण्डलाई प्रदेश नम्वर पाँचमा लैजान खोजेको भन्दै नेपाल तरुण दल र नेपाल बिद्यार्थी संघले बन्द...
बुटवल । मंसिर ५ । विश्व बालअधिकार दिवस आइतवार विविध कार्यक्रमका साथ मनाइएको छ । हरेक वर्ष नोभेम्बर २० का दिन मनाइने बालअधिकार दिवस यस बर्ष नेपालमा 'सम्वर्द्धन बालबालिकाको, कार्यान्वयन संविधानको' भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँएको हो । नेपालमा...
काठमाडौ। मंसिर ४- म्यानमारमा रहेका गोर्खालीहरुको गाथा समेटिएको वृत्तचित्र अव युट्युवमा हेर्न सकिने भएको छ । पत्रकार चेतन पन्तले निर्माण गरेको वृत्तचित्रको शनिवार म्यानमारका राजदुत उ लुइन ले युट्युवमा राखेर शुभारम्भ गर्नुभयो । त्यसअवरमा राजदूतले पत्रकार पन्तले संचालन गरेको लुम्विनि र...
काठमाडौं । मंसरी १ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरी संगठनको नैतिक बल कमजोर बनाउँने षड्यन्त्र भएको भन्दै केही ब्यक्तिहरु आफ्नो नाम जोडेर संगठनलाई बदनाम गराउन लागिपरेको दावी गर्नुभएको छ  । ११ औं महानगरीय प्रहरी स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित...
बुटवल, कार्तिक २५ । उपत्यकाका भुकम्प पिडितलाई अनुदान वितरण गर्न स्थानीय विकास मन्त्रालयले ३ अर्व ५७ करोड रकम पाएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा अनुदान प्राप्त गर्ने छनौटमा परी अनुदान सम्झौता गरेका घरधनीहरुलाई पहिलो किस्ता अनुदान...
बुटवल, २१ कार्तिक । पछिल्लो एक सातामा रुपन्देहीमा चार जनाको हत्या भएको छ । रुपन्देहीमा श्रृखलाबद्ध अपराधका घटना घट्दै गएका कारण जनतामा त्रास पनि बढ्दै गएको छ ।  कात्तिक ११ गते बुटवल ४ मैनावगर बस्ने ३५ बर्षिय शिव चौधरीको...
हिमांशु चौधरीरासस जनकपुरधाम : शुद्धता र आपसी सद्भावका रूपमा प्रचलित छठपर्व तराई भेगका साथै देशका विभिन्न स्थानमा हर्षोल्लासपूर्वक मनाइँदैछ। पहिला तराईवासीमा मात्र सीमित रहेको यो पर्व अहिले राजधानी, पहाडी क्षेत्र र अन्यत्र पनि लोकप्रिय भएको छ। सरकारले छठपर्वमा सार्वजनिक बिदा दिन थालेको...
बुटवल, १५ कार्तिक । रुपन्देहीमा दुई जनाको शव फेला परेको छ । बुटवलका एक युवाको हम्मरले हानेर हत्या भएको अवस्थामा शव भेटिएको छ भने तिलोत्तमा नगरपालिकामा एक महिलाको शव भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बुटवल ५ ज्योतिनगरका ३२ बर्षिय...
बुटवल,कार्तिक १२ । नेपाली एवं हिन्दूको दोस्रो ठूलो चाड तिहार कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइँदैछ । तिहारको पहिलो दिन शुक्रवार काग तिहार, कात्तिककृष्ण चतुर्दशीका दिन कुकुर तिहार, कात्तिक कृष्ण औंसीका दिन लक्ष्मीपूजा, कात्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा,...
बुटवल,कार्तिक १२ । रुपन्देहीको देवदहमा सुत्केरी महिलाको हत्या भएको छ । दुई महिनाकी छोरीको साथमा देवदह २ ढेकाबारस्थित आफ्नै घरमा सुतेकी अन्दाजी २३ वर्षिया निमकला पाण्डेको गएराति हत्या भएको हो । गएराति ३ बजेतिर दुई महिनाकी छोरी रोएको सुनेपछि कोठामा गएका...
काठमाडौ, १० कात्तिक । 'गोरखा भूकम्प'पछि मुलुक पुनर्निर्माण तथा नवनिर्माणको क्रममा रहेको अवस्थामा भूकम्पपीडितका लागि निर्माण हुने वस्तीमा दिगो ऊर्जाको पहुच तथा ऊर्जा सुरक्षाको सुनिश्चितता गरिनुपर्नेमा सम्बन्धित विज्ञहरुले जोड दिएका छन् । भूकम्प प्रभावित क्षेत्रका जनताको जीविकोपार्जन तथा गरिबी निवारणका...
बुटवल । असोज २९ ।यस बर्षको वडादशैं सकिएको छ । प्रतिपदाको दिन घटस्थापनाका लागि जम्मा गरिएको माटो र जमरालाई कोजाग्रत पूर्णिमा विधिपूर्वक कुनै नदी या जलाशयमा विसर्जन गरेपछि दशै सकिन्छ । जमरा विसर्जनअघि भवानीको प्रसादका रुपमा टीका लगाउने गरिन्छ । कोजाग्रत पुर्णिमाको...
काठमाडौ । असोज २७। दसैँको बिदाका कारण बन्द भएका सरकारी कार्यालय शुक्रबारदेखि खुलेका छन् । दसैँ बिदापछि सरकारी तथा निजी कार्यालय खुले पनि शुक्रबार भएकाले कर्मचारीको उपस्थिति न्यून देखिन्छ । मुख्य प्रशासनिक निकाय सिंहदरबारभित्र पनि कर्मचारीको उपस्थिति न्यून छ । दसैँ...
बुटवल,असोज २७ । चाडवाडका बेला घर आउने र दशै मनाएर कर्म क्षेत्रमा फर्कनेहरुलाई सुविधा होस भनेर गुल्मीको हुँगाका युवाहरुले हिलाम्य सडक मर्मत सम्हार गरि यातायात सहज बनाउन आफै खटिएका छन । दशैको समयमा पनि पानी परेर सडक विग्रेपछि युवाहरुको अग्रसरतामा...