बुटवल, माघ २६ । रुपन्देहीमा क्रियाशील निर्माण व्यवसायीहरूको छाता संगठन लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीको १८ औं साधारणसभा शनिबार तिलोत्तमामा सम्पन्न भएको छ । कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले व्यवसायीहरूको बक्यौता भुक्तानीलगायतका विषयमा प्रदेश सरकार गम्भीर भएको बताए...
दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले परम्परागत मौलिक कला संस्कृति संरक्षण गर्दै त्यसलाई समुदायको आयआर्जनसँग जोड्नुपर्ने बताउनु भएको छ । अन्तरप्रदेश स्तरीय थारु सांस्कृतिक सम्मेलनको दाको चखौरामा उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले थारु समुदायको मौलिक कला, संस्कृति संरक्षण गर्दै...
रुपन्देहि माघ २५
रुपन्देहीको सैनामैनामा सर्वाधिक राशिको भलिबल प्रतियोगिता शुरु भएको छ । दुधराक्ष युवा क्लब सैनामैनाको आयोजनामा दोस्रो संस्करणको रुपमा दुधराक्ष कप क्लब स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सुरु भएको यो प्रतियोगिता फाल्गुन ३ गते सम्म चल्ने छ ।...
बुटवल, माघ–२५
रूपन्देही जिल्लाका विद्यार्थीहरुमा अन्तर्निहित गायनकला सम्बन्धी प्रतिभालाई उजागर गर्दै र पुरस्कृत गर्दै हरेक वर्ष बुटवलस्थित दीप बोर्डिङ हाई स्कुलले आयोजना गर्ने दीप गायन तारा शुक्रबार आरम्भ भएको छ ।
प्रतियोगिताको १२ औँ संस्करणअन्तर्गत शुक्रबार आयोजित छनोट चरणमा जिल्लाका मावि...
बुटवल,माघ २४ ।
केशव भण्डारी
रुपन्देहीको तिलोत्तमामा रहेको श्रृङ्गेश्वर धाममा महायज्ञको तयारी पुराभएको छ । धार्मिक पर्यटनको केन्द्र बन्दै गरेको धाममा तयार गरिएको गुरुयोजना अनुसारका पूर्वाधार निर्माणको लागि आर्थिक संकलन गर्ने उद्देश्यले महायज्ञ गर्न लागिएको धामले पत्रकार सम्मेलन गरी जानकारी गराईएको...
बुटवल । जीवराज आश्रित स्मृति प्रतिष्ठान नेपालको १४ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । नेकपा एमालेका तत्कालीन संगठन विभाग प्रमुख जिवराज आश्रितको जिवनशैली र कृतित्वको रक्षा गर्ने उद्देश्यले २०६६ सालमा जीवराज आश्रितस्मृति प्रतिष्ठान नेपालको स्थापना भएको थियो ।...
तिलोत्तमा, माघ १५ । रुपन्देही पानी उद्योग संघमा नयाँ नेतृत्व चयन भएको छ । संघको तिलोत्तमा—४, ड्राइभरटोलमा मंगलबार सम्पन्न तेस्रो अधिवेशन तथा छैठौं साधारणसभाले पुरुषोत्तम पाण्डे (कृष्ण) को अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । संघको...
दाङ–लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव महादेव पन्थको विदाई गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार एक कार्यक्रमका विच मुख्यमन्त्री चेतनारायण आचार्यले प्रमुख सचिव पन्थलाई विदाई गर्दै प्रशंसा–पत्र प्रदान गर्नु भएको हो ।
संघीयता कार्यान्वयन गर्दैै कर्मचारी प्रशासनलाई चुस्त बनाउन...
सूचना प्रविधि उद्यमी र विज्ञसँग प्रधानमन्त्री
काठमाडौँ, ८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना र प्रविधिको सहायतामा घरमै बसीबसी एकै दिनमा कम्पनी र भ्याट दर्ता जस्ता काम गर्न सकिने गरी प्रणालीको विकास गरिने बताउनुभएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज...
बुटवल ।
मुलुकको आर्थिक समृद्धिका लागि दुग्ध क्षेत्रको योगदान महत्वपूर्ण रहेको रहेको सरोकारवाला हरुले बताएका छन । नेपाल डेरी एसोसिएसनको २६औं वार्षिक साधारणसभा तथा स्थापना दिवस विशेष कार्यक्रमा बोल्दै बक्ताहरुले दुध जन्य बस्तुको आन्तरिक र बाह्य प्रयाप्त बजार रहेको बताउँदै...
काठमाडौं । पार्टी एकता राष्ट्रिय अभियानको संयोजक तथा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम आज नेकपा एमालेमा फर्किँदैछन् । एकीकृत समाजवादीले एकताका नाममा अलमल्याएको र शंकाको दृष्टिले हेरेको भन्दै उनी एमालेमा जान लागेका हुन् । बामदेवको साथ छाडेका केही नेताहरू भने...
बुटवल, ६ माघ । ‘आत्मनिर्भर स्वदेशी उत्पादनको प्रवद्र्धन, दुग्ध उत्पादक र उद्योगलाई समर्थन’ नारासहित स्थापना भएको नेपाल डेरी एसोसियसनको २६ औ साधारण सभा तथा स्थापना दिवस २०८१ बुटवलमा हुने भएको छ । नेपाल डेरी एसोसियसनमा आवद्ध देशभरका उद्योगीहरु बुटवलमा...
नगेन्द्र केसी
मानपकडी । रुपन्देहीको शुद्धोधन गाउँपालिका अवस्थित सौ, फर्साटिकर सामुदायिक सिकाइ केन्द्र द्वारा सञ्चालित २ महिने एडभान्स सिलाइ कटाइ तालिम को समापन समारोह कार्यक्रम शनिबार रिद्धीसिद्धी पार्टीप्यालेसको सभाहलमा सम्पन्न भएको छ । सामुदायिक सिकाइ केन्द्र फर्साटिकरको आयोजनामा र...
बुटवल, माघ ४ । पठन संस्कृति विकास गर्ने उद्देश्यले नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, रुपन्देहीद्वारा आयोजित जिल्ला स्तरीय सिर्जनशील हाजिरी जवाफ प्रतियोगिताको उपाधि कान्तिमावि बुटवलले चुमेको छ । यस क्षेत्रकै सबैभन्दा ठूलो धनराशीको ‘सृजनाशिल जिल्ला स्तरिय रनिङ सिल्ड...
मगर भाषा ढुट प्रशिक्षण
बुटवल । नेपाल मगर संघ बुटवल उपमहानगर वडा नं. ७ समितिद्वारा आयोजना गरिएको मगर भाषा ढुट प्रशिक्षण तालिमको एक कार्यक्रमका बीच समापन गरिएको छ । १५ दिनसम्म सञ्चालन गरिएको तालिमको बुधबार समापन गरिएको हो ।...
माघ–२, बुटवल ।
नेपालकै पहिलो महिला राशिफल लेखिका तथा स्तम्भकार प्रीति आत्रेय ज्ञवालीद्वारा लिखित ‘मणिराम’ मुक्तक सङ्ग्रह लोकार्पण भएको छ ।
लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपाल रुपन्देहीको आयोजनामा बुटवलमा भएको कार्यक्रममा प्राज्ञ बूँद रानासहित साहित्यसकारहरुले संयुक्त रुपमा कृतिको विमोचन गर्नुभएको हो ।...
बुटवल । स्थानीय बजारमा सोमबार पनि सुनको मूल्य सामान्य वृद्धि भएर तोलामा १ लाख ५६ हजार रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ५५ हजार ८०० रुपैयाँ कायम भएको हो...
बुटवल । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म चल्ने स्वस्थानी व्रत आजबाट सुरु भएको छ । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत तथा माधवनारायणको पूजा आजबाट सुरु भएको हो । आजबाट...
काठमाडौँ , राष्ट्रिय फोटो पत्रकार समूह नेपाल र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा शुक्रवार ‘कला र फोटोग्राफीमा प्रतिलिपि अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठानका बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारीको अध्यक्षतामा सम्पन्न...
बुटवल, २७ पुस । नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठले सिलाई व्यवसायीको हितका लागि महासंघको दर्बिलो साथ र सहयोग रहने बताएका छन् । उनले सिलाई व्यवसायीहरु पछिल्लो समय धरासायी बन्दै गएकोले कला र सीपले खारिएका...
बुटवल, २५ पुस । रुपन्देहीमा सम्पन्न मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ को उपाधि त्रिभुवन आर्मी क्लबले चुमेको छ । विहिबार भएको निक्कै प्रतिर्स्प्रात्मक फाईनलमा अर्को विभागिय टिम नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा पराजित गर्दै...




















