लगानी बोर्डको ६४ औँ बैठक :
काठमाडौँ, २२ जेठ । लगानी बोर्ड नेपालको ६४ औँ बैठकले मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृतिलगायत विभिन्न परियोजना अघि बढाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री एवं बोर्डका अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको बैठकले पर्वतको सेराफाँट (वीरेठाँटी÷नयाँ पुल)देखि मुस्ताङको मुक्तिनाथसम्म सात स्थानमा...
काठमाडौं जेठ २२
सामुदायिक वन उपभोक्ता महासंघ नेपालको नवौं संघीय परिषद् काठमाडौंमा सम्पन्न भयो । जेठ २० देखि २१ गतेसम्म चलेको परिषद्को उद्घाटन वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले गर्नुभएको थियो । परिषदमा उपभोक्ताले व्यवस्थापन र संरक्षण गरेर जोगिएको वनलाई थप व्यवस्थित गरी देश र जनताको हितका लागि उपभोग गर्न सघाउनुपर्ने...
अन्नपूूर्ण हिमाल आरोहणको हीरक महोत्सव-
म्याग्दी २० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल आरोहणलाई सुरक्षित बनाउन सरकार क्रियाशील रहेको बताउनुभएको छ ।
अन्नपूूर्ण हिमाल आरोहणको हीरक महोत्सवका अवसरमा आज अन्नपूूर्ण गाउँपालिकाले अन्नपूूर्ण गाउँपालिका–४ नारच्याङमा आयोजना गरेको समारोहमा प्रधानमन्त्री ओलीले हिमाल आरोहणको जोखिम घटाउन सरकारले काम गरिरहेको बताउनुभयो । “हिमाल...
पहिलो पटक निजी क्षेत्रका अधिकांश सुझाब समेटिएको भन्दै चेम्वर लुम्विनीले गर्यो बजेटको स्वागत
Meropress -
बुटवल । सरकारले हिजो बिहिवार सार्वजनिक गरेको आर्थिक बर्ष २०८२।८३ को बार्षिक बजेटप्रति सकारात्मक प्रतिक्रिया दिंदै नेपाल चेम्वर अफ कमर्स लुम्विनीले स्वागत गरेको छ । बजेट उत्पादनमुखी कार्यक्रम,पूर्वाधार विकास,रोजगारी सिर्जना र लगानी प्रबद्र्धनमा केन्द्रित रहेको भन्दै चेम्वरले खुसी ब्यक्त गरेको हो । चेम्वर लुम्विनीका अध्यक्ष टंक पोखरेलद्वारा जारी स्वागत...
प्रतिनिधिसभाका सम्माननीय सभामुखज्यू, राष्ट्रियसभाका सम्माननीय अध्यक्षज्यू,
सार्वभौम नेपाली जनताको सर्वोच्च प्रतिनिधि संस्था सङ्घीय संसदको यस सम्मानित बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्न पाउँदा गर्वको अनुभूति गरेको छु।
यस अवसरमा राजतन्त्रको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि भएका आन्दोलनहरूमा जीवन उत्सर्ग गर्नुहुने वीर शहीदहरू प्रति भावपूर्ण श्रद्धाञ्जली...
काठमाडौं, जेठ १५
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताको चाहना र राष्ट्रको आवश्यकता सम्बोधन हुने गरी यथार्थपरक बजेट ल्याएको बताउनु भएको छ ।
‘स्रोत व्यवस्थापनको सिमाभित्र रहेर जनताको चाहना र राष्ट्रको आवश्यकता सम्बोधन हुने गरी यथार्थपरक बजेट ल्याएका छौं । बजेटले वित्तीय अनुशासन, मितव्ययिता र खर्च कटौतीलाई आत्मसात् गरेको छ, बजेट...
रुपन्देहि जेठ १२
बुटवल, ७ – बुटवल उपमहानगरपालिका–७ मा रहेको पुष्प बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो २६औं स्थापना दिवसको अवसरमा २६औं स्थापना दिवसमा रक्तदान तथा निशुल्क आँखा शिविर सम्पन्न गरेको छ ।
सहकारिले सहकारीका सदस्य र समुदायलाइ लाभहुने गरी आम्दा अस्पताल बुटवलमा कार्यक्रम गरेको हो ।
कार्यक्रमका बक्ताहरूले अन्य सहकारी तथा सामाजिक संघ–संस्थाहरूले...
लुम्बिनीलाई बौद्ध तीर्थयात्रा र आध्यात्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न चाहन्छौं : मुख्यमन्त्री आचार्य
Meropress -
लुम्बिनी- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीलाई बौद्ध तीर्थयात्रा र आध्यात्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न खाेजिएकाे बताउनु भएको छ ।तेस्रो बौद्ध अन्तर्राष्ट्रिय यात्रा मेला–२०८२ को समापन कार्यक्रमलाई सम्बाेधन गर्दै मुख्यमन्त्री आचार्यले यस यात्राले लुम्बिनीलाई मात्र नभई समग्र नेपाललाई बौद्ध तीर्थयात्रा र आध्यात्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित...
दाङमा १३ सामुदायिक वन मिलेर चलाए फर्निचर उद्योग
बीपी गौतम
तिलोत्तमा । कुनै समय सामुदायिक वन संरक्षणका लागि मात्र हो भन्ने अवधारणा थियो । ढलापडा काठ—दाउरा व्यवस्थापन, वृक्षरोपण र संरक्षणका काममा मात्र सामुदायिक वन अग्रसर थिए । तर, अचेल सामुदायिक वनले गर्ने काम संरक्षणमा मात्र केन्द्रीत छैनन् । सामुदायिक वनले...
दाङ- लुम्बिनी प्रदेश सरकारको शुक्रबार सम्पन्न मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले आगामी वर्षको नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो । जेठ...
मधेस प्रदेशसभामा सम्बोधन :
जनकपुर, २६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनका लागि दृढ अठोट बोकेर जनतालाई पवित्रभावले सेवा दिइ लोकतान्त्रिक गणतन्त्रलाई मजबुद बनाउन आग्रह गर्नुभएको छ ।
मधेस प्रदेशसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको पहिलो अधिकार गरिबीबाट मुक्ति हुने भएकाले गरिबीका अगाडि अरु अधिकारको कुनै अर्थ नहुने स्पष्ट...
बुटवल, चैत २६ । विद्युतीय सुरक्षा दिवसको अवसरमा बुटवलमा प्रभातफेरि कार्यक्रम आयोजना गरिएको छ । नेपाल विद्युत् प्राधिकरण, लुम्बिनी प्रादेशिक कार्यालयको आयोजना तथा बुटवल वितरण केन्द्र र नयाँमिल वितरण केन्द्रको सहकार्यमा मंगलबार प्रभातफेरि निकालिएको हो । विद्युत् सुरक्षासम्बन्धी सचेतना जगाउने प्लेकार्डसहित कालिकानगरस्थित लुम्बिनी प्रादेशिक कार्यालयबाट सुरु भएको ¥याली तिनकुने,...
देशमा केहि हुदैन भन्ने भास्य गलत
बुटवल, २६ चैत ।
‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ नेपालका लागि नेपाली हस्पिटालिटी सहितको सेवा दिने गरी स्थापना भएको होटल पौवाले स्थापनाको नवौं वार्षिकोत्सवको अवसरमा स्वाद उत्सव कार्यक्रम तथा कर्मचारी सम्मान कार्यक्रम गरेको छ । योगिकुटी शाखामा एक समारोहका बिच पौवाका...
काठमाडौँ, २५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षक समुदायका माग र आन्दोलनका सम्बन्धमा आज सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, मुख्यसचिव एकनारायण अर्याल र सम्बन्धित मन्त्रालयका सचिवसँगको छलफलमा...
काठमाडौँ, २५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले धरानबासीलाई खानेपानी उपललब्ध गराउने प्रक्रिया अघि बढेको बताउनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज सुनसरीको धरान उपमहानरपालिकाका प्रमुख हर्कराज राईसहितको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले सो जानकारी गराउनुभएको हो । “धरानबासीले खानेपानी पिउन पाउनुपर्छ । यो प्रक्रिया आजैबाट अघि बढ्यो...
घरेलु तथा साना उद्योगहरूकाे प्रवर्द्धन साथै बन्द उद्योग पुनः सञ्चालन गर्ने प्रदेश सरकारकाे योजना छ : मन्त्री न्याैपाने
Meropress -
बुटवल,१९ चैत । लुम्बिनी प्रदेशका उद्योग,पर्यटन तथा यातायात मन्त्री प्रचण्डकिक्रम न्याैपानेले साना तथा मझौला उद्योगबाट पनि राेजगारीका अवसर प्राप्त हुनुका साथै राम्रो मुनाफा कमाउन सकिने भन्दै त्यस्ता उद्योगलाई प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्वता ब्यक्त गरेका छन् । मंगलबार बुटवलमा आयोजित नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशकाे...
केशव भण्डारी
बुटवल, चैत्र १७ । बुटवल–७ दीपनगरस्थित पुष्प बहुउद्देश्यीय सहकारी संस्थाले ६८औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आप्ना सेयर सदस्यहरुलाइ सहकारी शिक्षा तालिम सम्पन्न गरेको छ । सहकारीले आप्ना सदस्यहरुलाइ सहकारी नितिनियम सम्वन्धि अन्य ज्ञान प्रदान गर्ने उदेश्यले सहकारी सम्वन्धि तालिम प्रदान गरीएको पुष्प बहुउद्देश्यीय सहकारीका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनु...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल घोडेजात्रा समारोह २०८१ का अवसरमा नेपाली सेनाद्वारा शनिबार टुँडिखेलमा आयोजित समारोहमा सहभागी हुनुभयो ।समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, उपप्रधानमन्त्री मन्त्री, नेपालस्थित कुटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधिलगायत उच्च पदस्थ अधिकारीहरूको सहभागिता...
संसदीय उप समितिले निजामति सेवा ऐनको प्रतिवेदन वुझाएसँगै राजपत्र अनंकित संरक्षण अभियानका कर्मचारीहरु आन्दोलनमा उत्रेका छन् । संसदको राज्यव्यवस्था तथा सुशासन समितिको उपसमितिले बहुमतबाट पारित गरेको ऐनले राजपत्र अनंकित कर्मचारीहरुको घाँटी निमोठ्ने काम भएको भन्दै नासुहरु आन्दोलनमा उत्रिएका हुन् । देशभर कार्यरत अंनकित कर्मचारीहरुले शुक्रबार विहान ८ बजेदेखि १०...
काठमाडौं-जलश्रोतको व्यवस्थापनमा समुदायको संलग्नता अनिवार्य गर्नुपर्नेमा सरोकारवालाहरुले जोडदिएका छन् । पहिलो पानी सम्मेलनको अवसरमा आज काठमाडौंमा आयोजित छलफलमा सामुदायिक सरोकारवाला र उपभोक्ताहरुले पानीको मुहान संरक्षणमा स्थानीयको भूमिका महत्वपूर्ण भएको बताए ।
पानीका श्रोत घट्दै गएको र उपयोग भने बढ्दै जाँदा पनि सरकारले दीगो योजना बनाउन नसकेको सरोकारवालाहरुको गुनासो छ ।
कार्यक्रमा...
काठमाडौँ, १४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका कामलाई सफल बनाउन सरकारका तर्फबाट आवश्यक सबै सहजीकरण हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
जवाफदेहीता निगरानी समिति र द्वन्द्धपीडित सङ्गठनहरुद्वारा आज आयोजित सङ्क्रमणकालीन न्यायसम्बन्धी राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका यसअघिका कामहरु किन सफल...























