अर्थतन्त्र

अर्थतन्त्र

  काठमाडौं, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सामाजिक सुरक्षाको दायरालाई विस्तार गरिने घोषणा गर्नुभएको छ । सातौं सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा काेषद्वारा आज आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी ९० दिनपछि योगदानकर्ताका छोराछोरीले पनि कोषबाट लाभ पाउने र एक लाख भन्दा बढी उपचार खर्च लाग्ने...
  दाङ, १० मंसिर । लुम्बिनी प्रदेशमा सिंचाई अभिवृद्धिकालागि नयाँ आयोजना सञ्चालन हुने भएको छ । लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा सञ्चालन हुने सिंचाई आधुनिकीकरण वृद्धि परियोजना सम्झौता पत्रमा हस्ताक्षर गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले परियोजना...
  काठमाडौँ,  मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरुमा देखिएका समस्याको समाधान तत्काल गर्न निर्देशन दिनुभएको छ । गौरवका आयोजनाका कामको गतिलाई तीब्रता दिने विषयमा आज सम्बन्धित मन्त्री, सचिव र आयोजना प्रमुखलगायतसँग छलफलका क्रममा प्रधानमन्त्री ओलीले कहाँ कहाँ के के अवरोध हो ? तिनको समाधानको उपाय के के हो...
  निजी क्षेत्रद्वारा सरकारलाई धन्यवाद व्यक्त काठमाडौं, मंसीर ७ सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई पनि समावेश गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको सदस्यमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्दप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाललाई थप गरेको हो...
  बुटवल, ८ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले योग र प्राकृतिक चिकित्सा रोग निवारणकोलागि मात्र नभई स्वास्थ्य प्रवद्र्धन र जीवनशैली सुधारका लागि महत्वपूर्ण रहेको बताउनु भएको छ । सैनामैना नगरपालिका–१ मा रहेको पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयको अवलोकनको क्रममा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले नागरिकको समग्र स्वास्थ्य सुधारमा योगदान...
  दोलखा । बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरेका दोलखाका नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा समाहित भएका छन् । नेकपा माओवादी केन्द्रले जिल्ला पार्टी कार्यालयमा आयोजना गरेको स्वागत कार्यक्रममा विप्लव नेतृत्वको नेकपाका नेता तथा कार्यकर्ता माओवादीमा समाहित भएका हुन् । नेकपा माओवादी केन्द्र दोलखा जिल्ला समन्वय समिति र कम्युनिष्टहरुको...
  नेपालले सार्वभौम क्रेडिट रेटिङ्गमा BB- स्कोर प्राप्त गर्न सफल भएको छ। नेपालले प्राप्त गरेको रेटिङ्गले नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानी मैत्री र उन्नत रहेको संकेत गरेको छ। क्रेडिट रेटिङ्गको नतिजाले नेपालको साख क्षमता (Credit Worthiness) उच्च रहेको, वित्तीय तथा आर्थिक क्षमता...
  बुटवल देउखुरी, ६ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवल–गोरुसिंगे–चन्द्रौटा चारलेन सडक विस्तार गर्दा नागरिकलाई सास्ती नहुनेगरी अघि बढाउन निर्देशन दिनु भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा विश्व बैंकका सिनियर ट्रान्सपाेर्ट विज्ञ आमले राजापाक्षेकाे नेतृत्वमा रहेकाे प्रतिनिधि मण्डल संगको भेटको क्रममा मुख्यमन्त्री आचार्यले सडकको दुवै किनारको...
  बाँके, ५ मंसिर । बाँके जिल्लामा राप्ती नदीमा आउने बाढीका कारण डुबान र कटानको समस्या समाधान गर्न प्रदेश सरकारले ध्यान दिने भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य बुधवार राप्ती नदीले कटान गरेको स्थलहरुको अवलोकन गर्दै नागरिकहरुले भोग्दै आएको डुबान र कटानको समस्या समाधान गर्नेगरी अल्पकालिन र दिर्घकालिन समाधानका...
  काठमाडौं, मंसीर ४ अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा गरेको छ । गत असोज दोस्रो हप्ताको बाढी पहिरोले जनधनमा क्षति पुर्याएपछि मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयबाट विपद् कोषमा सो रकम जम्मा गर्ने निर्णय गरेको थियो । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ अनुसार कोषमा जम्मा भएको रकम खर्च हुनेछ ।
काठमाडौं, २९ कात्तिक । नेकपा माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय कर्मचारी महासंघले बाढीपहिरो पीडितका लागि पौने आठ लाखभन्दा बढी सहयोग हस्तान्तरण गरेको छ । महासंघले आज विहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सात लाख सतहत्तर हजार सात सय सतहत्तर रुपैयाँको चेक हस्तान्तरण गरेको हो । महासंघका अध्यक्ष मणिरत्न श्रेष्ठ, महासचिव प्रेम खनाल,...
  दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री स्वदेश फर्किनु भएको छ । चीनको सिचुआन प्रदेश सरकारले आयोजना गरेको अन्तराष्ट्रिय सम्मेलनमा भाग लिएर मुख्यमन्त्री बिहिवार स्वदेश फर्किनु भएको हो । कार्तिक २६ गते सोमवार त्यस तर्फ जानु भएको थियो । सिचुआन प्रदेशका वैदेशिक विभागका उपमहानिर्देशक पाङग्वाङ ल्याङले तियान्फु विमानस्थल पुगेर मुख्यमन्त्री आचार्य सहितको प्रतिनिधि...
  काठमाडौँ २९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले महेन्द्र राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको निर्माणमा भएको ढिलाइका विषयमा छिट्टै टुङ्गोमा पुगिने बताउनुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज उक्त सडक खण्डमा हाल निर्माणको काम रोकिएको विषयमा सम्बन्धित मन्त्री, मन्त्रालयका अधिकारी, रुपन्देही, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) सांसद...
  गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीको सङ्ख्या पाँच बुटवल, २७ कात्तिक । कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मङ्गलबारदेखि व्यावसायिक उडान सुरु गरेको छ । दोहाबाट आएको कतार एयरवेजको एयर बस ३३० आज अपराह्न उक्त विमानस्थलमा अवतरण गरेको गौतमबुद्ध विमानस्थलले जनाएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले एयर बस...
  दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य चीन प्रस्थान गर्नु भएको छ । चीनको सिचुआन प्रान्तमा हुने अन्तराष्ट्रिय सम्मेलनमा सहभागि हुन सोमवार मुख्यमन्त्री आचार्य त्यस तर्फ प्रस्थान गर्नु भएको हो । चाइना एयर लाइन्सकाे ५:५५ बजेकाे फ्लाइट मार्फत त्यस तर्फ प्रस्थान गरेकाे मुख्यमन्त्रीकाे निजि सचिवालयले जनाएको छ ।       ...
  दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाललाई दिनु भएको छ । छिमेकी देश चीन भ्रमणमा जान लाग्नु भएका मुख्यमन्त्री आचार्यले आफु नफर्किदा सम्मकोलागि मन्त्री ढकाललाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिनु भएको छ । मुख्यमन्त्री आचार्यले कार्तिक २५ गते आज आइतबार देखि लागु हुनेगरी लुम्बिनी...
  काठमाडौँ, कात्तिक स् राष्ट्रिय फोटो पत्रकार समूह नेपाल एनएफपिजेको अध्यक्षमा पुनः प्रदीपराज वन्त निर्विरोध चयन हुनुभएको छ । समूहको आज यहाँ आयोजित २७ औँ साधारणसभा तथा १३ औँ अधिवेशनले राष्ट्रिय समाचार समिति ९रासस०का फोटो पत्रकार वन्तको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।       समूहको वरिष्ठ...
  बुटवल, २१ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँचीमा भएको दुर्घटनामापरी घाईते भएकाहरुको स्वास्थ्यवस्था बारे जानकारी लिनु भएको छ । बुटवल स्थित चौराह अस्पताल पुगेर मुख्यमन्त्री आचार्यले घाईतेहरुको अवस्था बारे जानकारी लिनु भएको हो । अर्घाखाँची भुमिकास्थान नगरपालिका वडा नं ६ खिल्जीमा सोमवार दिउँसो भएको दुर्घटनामा परी घाईते...
  काठमाडौं, कार्तिक २१ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व संकलनमा थप मेहनत गर्न कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ । अर्थ मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुको बैठकमा अर्थमन्त्री पौडेलले औषत भन्दा माथि उठेर काम गर्न र मातहतका कर्मचारीहरुलाई काममा लगाउन निर्देशन दिनु भएको हो । सामान्य अवस्थाको कामले नतिजा पनि सामान्य आउने उल्लेख...
  काठमाडौं, २१ कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनलाई भ्रष्टाचारविरोधी अभियानकै निरन्तरताको रुपमा अघि बढाउन निर्देशन दिनुभएको छ । काठमाडौंको कीर्तिपुर नगरपालिकाका प्रमुख र वडा अध्यक्ष पदका उम्मेदवार तथा सम्बन्धित पार्टी कमिटीका पदाधिकारीहरुसँगको भेटमा उहाँले यस्तो निर्देशन दिनुभएको हो । ‘हामीले...
  बुटवल, कात्तिक । नेपालीहरुको महान पर्व तिहारको अवसरमा बुटवलमा तिन दिन सम्म चलेको १४ औं दीपावली महोत्सव सकिएको छ । अमरपथ ब्यवसायी समिति बुटवलको आयोजनामा बुटवलको मुख्यबजार अमरपथ क्षेत्रमा तीनदिने दीपावली महोत्सव २०८१ भएको थियो । बुटवलको खस्किँदै गएको बजारमा चहलपहल बढाउन र दिपावलीको मौलिक संस्कृतिक जगेर्ना गर्नकालागि महोत्सव आयोजना...