काठमाडौँ, ११ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सबै संस्था र व्यक्ति एकजुट भएर जलवायु परिवर्तनका चुनौतीको समाधानमा जुट्नुपर्ने बताउनुभएको छ ।
वन तथा वातावरण मन्त्रालयद्वारा आज आयोजित २९ औँ विश्व जलवायु सम्मेलनको समीक्षा कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हावा र प्रकृतिलाई स्वच्छ राख्न अरु विषयमा...
पोखरा , पर्यटकिय राजधानी पोखरामा इन्टरनेशनल बेलुन महोत्सव भएको छ । नेपालको साहसिक पर्यटनको कोशेढुंगाको रुपमा स्थापित गर्न बेलुन नेपालले नेपालमा पहिलो पटक पोखराको पामे क्षेत्रमा इन्टरनेशनल बेलुन महोत्सव आयोजना गरेको हो।
९ दिनसम्म चल्ने पहिलो संस्करणको महोत्सवमा झण्डै दुई दर्जन बेलुन पर्यटन राजधानीको रुपमा स्थापित पोखरेली आकाशको उच्च उचाइमा...
कपिलवस्तु, १० पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिवराज अस्पताल बहादुरगञ्जको अनुगमन तथा सरोकारवाला पक्ष संग छलफल गर्नु भएको छ । अस्पतालले दिदै आएको उपचार सेवा र भर्ना भएका बिरामीहरुलाई भेट गर्दै सेवा सुविधाबारे जानकारी लिनु भएको हो । अस्पतालको भौतिक पूर्वाधार सुधार, जनशक्ति व्यवस्थापन लगायतका क्षेत्र सुधार...
बुटवल मण्डपमा सञ्चालित औद्योगिक व्यापार मेलामा भाँगोको तेल पाईने स्टलमा दर्शकको आकर्षण देखिएको छ । रुकुम पुर्वको भुमे गाउँपालिका वडा नं. ३ मा रहेको मारिम बहुउद्देश्यीय सहकारी संस्था लि.ले बहुउपयोगी औषधीय गुण रहेको भाँगोको तेल उत्पादन गर्दै आएको छ ।
उक्त सहकारीले किसानद्वारा उत्पादित कृषि उपज तथा प्रशोधित बस्तुहरुको विक्रिवितरणको...
बुटवल, ७ पुस ।
सिमेन्ट उद्योगीले सिमेन्टमा भारी मूल्यवृद्धि गरेपछि तिलोत्तमा व्यापार संघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सिमेन्ट उद्योगीहरुले कार्टेलिङ गरी प्रतिबोरा २०० रुपियाँसम्म अप्रत्यासितरुपमा मूल्यवृद्धि गरेको भन्दै संघले ध्यानाकर्षण भएको जनाएको हो ।
संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेद्वारा जारी विज्ञप्तीमा केही उद्योगहरुको मिलेमतोमा बिना कारण क्लिङ्करको मूल्यवृद्धि भएको...
काठमाडौँ, ७ पुस । सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्थाबारे मूल्याङ्कन र सुधारको भावी कार्यदिशाबारे प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा शीर्ष राजनीतिक नेतृत्व, उच्च प्रशासनिक नेतृत्व र सम्बन्धित निकायका प्रतिनिधिबीच आज उच्चस्तरीय छलफल भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको छलफलमा नेपाली काङ्गेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर...
पौष ७ बुटवलमा सञ्चालन भईरहेको औद्योगिक व्यापार मेलामा आयोजना गरिएको विद्यालय स्तरीय लोकदोहोरी गित प्रतियोगितामा बुटवलको कालिका मावन ज्ञान माध्यमिक विद्यालयको समुह प्रथम भएको छ । आईतबार भएको फाईनल प्रतिस्पर्धामा जगन्नाथ माध्यमिक विद्यालय सुनवलको समुहलाई पछि पार्दै कालिका मानव ज्ञानको समुह प्रथम भएको हो ।
त्यसैगरी जगन्नाथ माध्यमिक विद्यालय विद्यालय...
बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बुटवल मण्डपमा जारी औद्योगिक व्यापार मेलाको तेस्रो दिन शनिबार उल्लेख्य दर्शक तथा अवलोकनकर्ताको सहभागिता रहेको छ । मेलाको चौथोदिनसम्म आईपुग्दा दर्शक तथा अवलोकनकर्ताको संख्या उल्लेख्य बृद्धि भएको आयोजक बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार दर्शकको उत्साहजनक सहभागिताले...
काठमाडौं ।
जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेको छ ।
टीयू क्रिकेट मैदानमा आज सम्पन्न फाइनलमा जनकपुरले सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै एनपीएलको उपाधि जितेको हो ।
सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य पछ्याएको जनकपुर १९ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।
जनकपरका ओपनर लाहिरु...
बुटवलमा बुधबारदेखि सुरु भएको औद्योगिक व्यापार मेलाको अवसरमा वित्तिय साक्षरता एवं उद्यमशिलता सम्बन्धि गोष्ठि गरिएको छ । कार्यक्रममा नेपाल राष्ट्र बैंकका पुर्ब गभर्नर डा. चिरञ्जिवी नेपालले देशको आर्थिक विकासका लागि आर्थिक नीति सहि हुनुपर्ने भन्दै आर्थिक नीति बनाउदा अल्पकालिन र दिर्घकालिन प्रभावको बारेमा सोचेर बनाउनुपर्नेमा जोड दिनुभयो । ...
बर्दिया, ४ पुस । लुम्बिनी प्रदेशको महत्वपूर्ण पर्यटकीय गन्तब्य बर्दियालाई लक्षित गरेर प्रदेश सरकारले घुम्न जाँउ बर्दिया अभियान सुभारम्भ गरेको छ । स्थानीय सरकार ठाकुर बाबा नगरपालिका संग सहकार्य गरेर प्रदेश सरकारले घुम्न जाउँ बर्दिया अभियान सुभारम्भ गरेको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक भब्य कार्यक्रमका विच...
बुटवल पौष ४ । सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डमा खसेको पहिरोका कारण राजमार्ग एकतर्फी अवरुद्ध भएको छ । सिद्धबाबा मन्दिरको सुरुङमार्ग देखि २० मिटर पाल्पा तर्फ सुरुङमार्गका लागि राखिएको कम्प्रेसर मेसिनमाथि सुख्खा पहिरो सहतिको ढुंगा खस्दा सडकको एकतर्फी अवरुद्ध भएको हो ।
सुरुङमार्गको कम्प्रेसर मेसिन महिरोमा परि पूणर्रुपमा पुणर् रुपमा क्षति...
बुटवलमा औद्योगिक व्यापार मेला सुरु,ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का द्धारा उद्घाटन
Meropress -
लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न उर्जामन्त्री खड्काको आग्रह
बुटवलमा औद्योगिक व्यापार मेला सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा औद्योगिक व्यापार मेला सुरु भएको हो ।
अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल बुटवल मण्डपमा यहि पुसको १८ गतेसम्म सञ्चालन हुन गईरहेको मेलाको ऊर्जा,...
काठमाडौंपौष ३
महिला सहभागिता र नेतृत्व विकासमा मुलुककै लागि उदाहरणीय काम गर्दै आएको सामुदायिक वन उपभोक्ता महासंघले वनको दिगो व्यवस्थापन र उद्यमशीलतामा युवा सहभागिता बढाउने गरी काम थालेको छ ।
रोजगारी र अवसरको खोजीमा युवाशक्ति विदेश पलायन भैरहेको अवस्थामा सामुदायिक वनमै उद्दयम बढाउने र युवाको नेतृत्व विकास गर्ने योजनासहित फेकोफनले अभियान...
काठमाडौँ, ३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएइ) का राजदूत अब्दुल्ला अल शम्सीले आज शिष्टाचार भेट गर्नुभएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा राजदूत शम्सीले आगामी फेब्रुअरी दोस्रो साता दुबइमा हुने ‘वल्र्ड गभरमेन्ट्स समिट’ मा भाग लिन युएइका उपराष्ट्रपति एवं प्रधानमन्त्री मोहम्मद बिन...
काठमाडौँ, ३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि दुई ठुला दलको सहकार्यमा नयाँ सरकार बनाउनु परेको बताउनुभएको छ ।
नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा नेकपा (एमाले) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले अघिल्लो सरकारतर्फ लक्ष्य गर्दै...
बुटवल, पुस २ । कालिका मानवज्ञान माविको ६४ औं वार्षिकउत्सव तथा अभिभावक दिवस र चौथो कालिका कप सुरु भएको छ । मंगलबार कालिका नगर सेक्टर १ मा विशेष कार्यक्रम आयोजना गरी कार्यक्रम शुभारम्भ गरिएको हो ।
शुभारम्भ कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा प्रदेश सभा सदस्य लिला गिरीले कालिका मानवज्ञान...
पौष २
बुटवलमा बुधबारदेखि औद्योगिक व्यापार मेला सुरु हुँदैछ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बुटवल मण्डपमा औद्योगिक व्यापार मेला बुटवल-२०८१ गर्न लागिएको हो ।
‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नारा सहित आयोजना गरिएको मेलाको तयारी पूरा...
देउखुरी, २५ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले निर्धारण गरेका प्राथमिकताका क्षेत्रमा लगानी भित्र्याउन सक्रियता बढाउनु भएको छ । कृषि, पर्यटन, उद्योग तथा पूर्वाधार लगायतका क्षेत्रमा लगानीकर्ताको खोजी गर्न मुख्यमन्त्री आचार्यले दातृ निकायहरुका प्रतिनिधिसंगको भेट र छलफललाई प्राथमिकतामा राख्नु भएको हो । यहीक्रममा बेलायती दूतावासकी सहायक...
व्यवस्था परिवर्तनपछि अवस्थामा परिवर्तन हुँदै आएको छ : प्रधानमन्त्री
झापा, २४ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगरपालिका वडा न ४ र ५ अन्तर्गतको जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरणको आज शुभारम्भ गर्नुभएको छ ।
साबिक महारानीझोडा गाविसमा चार हजार घरघुरीका करिब आठ हजार कित्ताको नापी प्रमाणित नभएका कारण स्थानीयबासीले...
बेलडाँगी खानेपानी आयोजनाको उद्घाटन
झापा, २४ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका- ३, स्थित बेलडाँगी खानेपानी आयोजनाको आज उद्गघाटन गर्नुभएको छ ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले ले सन् २०३० सम्ममा सबै नेपालीलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने लक्ष्य लिइएको र देशभर बिजुली, कृषि, संचार, उद्योग र सरसफाइ आदिका अभियान संचालन...























